२०८२, १२ कार्तिक मंगलबार

धुलिखेलमा कोरोना विरुद्ध प्रदर्शनी

धुलिखेलमा कोरोना विरुद्ध प्रदर्शनी


धुलिखेल २४ बैशाख : काभ्रेको धलिखेलमा कोभिड १९ कोरोना प्रतिकार्यबारे विरुद्ध प्रदर्शनी गरिएकाे छ । कोरोना संक्रमितको बिरामी भएदेखि मृत्यु भएपछि गर्ने कार्य प्रदर्शनी गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सीनाले बताउनु भयो ।

धुलिखेलको संजिवनी माध्यमिक विद्यालयमा बैशाख २४ गते गरिएको प्रदर्शनीमा पीपीई, एन ९५ मास्क र ग्लोब लगाउने तरिकादेखि बिरामी भएको थाहा पाएपछिका प्रतिकार्यबारे प्रदर्शनी गरिएको धुलिखेल अस्पतलका डाक्टर सानु श्रेष्ठले बताउनु भयो ।

कोरोना संक्रमित बिरामीलाई एम्बुलेन्सले घरसम्म लिन जाने, अस्पतालमा बिरामी आउँदा र आइसोलेसनमा राखरे उपचार गर्दा डाक्टरहरुले अपनाउने विधिबारे प्रर्दशनी गरिएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले बताउनु भयो ।

त्यस्तै नेपाली सेनाले कोरोना भाइरसका कारण उपचारको क्रममा बिरामीको मृत्यु भएमा शव बोक्ने देखि दाहसंस्कारका बेला अपनाउनुपर्ने विधि प्रदर्शन गरेको थियो ।

कार्यक्रममा स्वास्थ्य कार्यालय काभ्रे, धुलिखेल अस्पताल, धुलिखेल स्थित नेपाली सेनाको बिष्णुदल गण र नेपाल रेडक्रस सोसाईटी काभ्रे शाखाले सहजीकरण गरेका थिए ।

प्रकाशित मिति : २०७७, २४ बैशाख बुधबार  ३ : ४६ बजे

मुक्तिनाथ लगायत उपल्लो मुस्ताङमा हिमपात, यात्रुहरूलाई सतर्क रहन आग्रह

मुस्ताङ । गएरातिदेखि उपल्लो मुस्ताङका विभिन्न उच्च हिमाली क्षेत्रमा हिमपात

बंगालको खाडीमा सक्रिय ‘मोन्था’ चक्रवात, बिहीबारदेखि नेपालमा असर देखिने

काठमाडौं । बंगालको खाडीमा सक्रिय भएको चक्रवात ‘मोन्था’ आज (मंगलबार)

गौरीघाटमा उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व सम्पन्न

काठमाडौं । उदाउँदो सूर्यलाई अर्घ्य दिएर भक्तिपूर्वक सम्पन्न गरिएको छठ

हतियारधारीलाई खुला छुट दिने सरकार चुनावको नाममा जनतालाई झुक्याउँदैछ : सूर्य थापा

काठमाडौं । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य सूर्यबहादुर थापाले देशभर