२०८३, १२ आश्विन मंगलबार

धुलिखेलमा कोरोना विरुद्ध प्रदर्शनी

धुलिखेलमा कोरोना विरुद्ध प्रदर्शनी


धुलिखेल २४ बैशाख : काभ्रेको धलिखेलमा कोभिड १९ कोरोना प्रतिकार्यबारे विरुद्ध प्रदर्शनी गरिएकाे छ । कोरोना संक्रमितको बिरामी भएदेखि मृत्यु भएपछि गर्ने कार्य प्रदर्शनी गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सीनाले बताउनु भयो ।

धुलिखेलको संजिवनी माध्यमिक विद्यालयमा बैशाख २४ गते गरिएको प्रदर्शनीमा पीपीई, एन ९५ मास्क र ग्लोब लगाउने तरिकादेखि बिरामी भएको थाहा पाएपछिका प्रतिकार्यबारे प्रदर्शनी गरिएको धुलिखेल अस्पतलका डाक्टर सानु श्रेष्ठले बताउनु भयो ।

कोरोना संक्रमित बिरामीलाई एम्बुलेन्सले घरसम्म लिन जाने, अस्पतालमा बिरामी आउँदा र आइसोलेसनमा राखरे उपचार गर्दा डाक्टरहरुले अपनाउने विधिबारे प्रर्दशनी गरिएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले बताउनु भयो ।

त्यस्तै नेपाली सेनाले कोरोना भाइरसका कारण उपचारको क्रममा बिरामीको मृत्यु भएमा शव बोक्ने देखि दाहसंस्कारका बेला अपनाउनुपर्ने विधि प्रदर्शन गरेको थियो ।

कार्यक्रममा स्वास्थ्य कार्यालय काभ्रे, धुलिखेल अस्पताल, धुलिखेल स्थित नेपाली सेनाको बिष्णुदल गण र नेपाल रेडक्रस सोसाईटी काभ्रे शाखाले सहजीकरण गरेका थिए ।

प्रकाशित मिति : २०७७, २४ बैशाख बुधबार  ३ : ४६ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय