२०८३, २३ आश्विन शनिबार

लकडाउन लम्ब्याउँदै सरकार, आजको मन्त्रिपरिषद वैठकले निर्णय गर्दै

लकडाउन लम्ब्याउँदै सरकार, आजको मन्त्रिपरिषद वैठकले निर्णय गर्दै


काठमाडौं २४ बैसाख : सरकारले नेपालमा कोरोना भाइरस संक्रमणको जोखिम नघटेको भन्दै लकडाउनको अवधि थप गर्ने भएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनका कारण कोरोना रोकथाममा सहयोग पुगेको निष्कर्षसहित यसलाई जारी राख्ने निर्णय गरेको हो ।

मंगलबार प्रधानमन्त्री निवास वालुवाटारमा प्रधानमन्त्रीकै उपस्थितिमा बसेको बैठकले लकडाउनको समय थप्ने निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओली पनि भारतका कोरोना भाइरस संक्रमण बढिरहेका कारण नेपालमा लकडाउन जारी राख्नु पर्ने निष्कर्षमा पुगेका छन् ।

तर कति दिनलाई थप्ने भन्नेबारेमा आज बस्ने मन्त्रीपरिषद्को बैठकले निर्णय गर्ने प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद विडारीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७७, २४ बैशाख बुधबार  ९ : ३६ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य