२०८३, ३० भाद्र बुधबार

मण्डदेउपुर नगरपालिकाले सबै विद्यालयका कार्यालय सहयोगीको तलब बृद्धि गर्ने

मण्डदेउपुर नगरपालिकाले सबै विद्यालयका कार्यालय सहयोगीको तलब बृद्धि गर्ने


धुलिखेल, २४ बैशाखः काभ्रेको मण्डनदेउपुर नगरपालिकाले नगरभित्रका सबै सामुदायिक विद्यालयका कार्यालय सहयोगीको मासिक तलब बृद्धि गर्न सिफारिस गरेको छ । नगरपालिकाको शिक्षा समितिले आगामी आर्थिक वर्ष २०७७/७८ देखि बालविकास केन्द्रमा कार्यरत सहयोगी कार्यकर्ताको मासिक पारिश्रमिक १३ हजार ५ सय रुपैयाँ पुर्याउन नगरसभा समक्ष सिफारिस गरेको छ ।

मण्डनदेउपुर नगरपालिकाका नगरप्रमुख एवं नगर शिक्षा समितिका अध्यक्ष टोकबहादुर वाइवाको संयोजकत्वमा बसेको बैठकले नगरसभालाई सिफारिस गरेको हो । नगर शिक्षा समितिले माध्यमिक तहका कार्यालय सहयोगीको पनि मासिक पारिश्रमिक १३ हजार ५ सय पुर्याउन सिफारिस गरेको छ ।

यसअघि संघीय सरकारले सहयोगी कार्यकता र माध्यमिक तहका कार्यालय सहयोगीको मासिक पारिश्रमिक ६ हजार तोकेको थियो । नगर शिक्षा समितिले माध्यमिक तहमा कार्यरत लेखा सहायकको हालको तलब ११ हजार ५ सयबाट १५ हजार पुर्याउन सिफारिस गरेको छ । त्यस्तै बाल कक्षा देखि ८ सम्म चलेका आधाभुत विद्यालयका सहयोगिको हालको मासिक तलब ४ हजारमा र ४५ सय गर्न सिफारिस गरिएको छ ।

नगर शिक्षा समितिले सबै कर्मचारीलाइ अरु शिक्षक सरह बार्षिक १० हजार पोशाक भत्ता पनि थप गर्न सिफारिस गरेको छ । नगर शिक्षा समितिले गरेको सिफारिस कार्यपालिका बैठलले अनुमोदन गरेको र नगरसभाले पारित गरेपछि कार्यान्वयनमा आउने प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपानेले बताए ।

नगर भित्र ४३ वटा सामुदायिक बिद्यालय रहेका छन् । ‘नगर शिक्षा समितिले सिफारिस गरेको प्रस्ताव कार्यपालिका बैठकले अनुमोदन गरेको छ, प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले ‘अब नगरसभाले पारित गरेपछि कार्यान्वयनमा आउँछ ।’

प्रकाशित मिति : २०७७, २४ बैशाख बुधबार  ८ : ३५ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक