२०८३, ११ कार्तिक बुधबार

धुलिखेल नगरपालिकाले थाल्यो कोरोना महामारी पछिको बजेट र कार्यक्रमका बारे छलफल

धुलिखेल नगरपालिकाले थाल्यो कोरोना महामारी पछिको बजेट र कार्यक्रमका बारे छलफल


धुलिखेल, २३ बैशाखः काभ्रेको धुलिखेल नगरपालिकाले कोरोना महामारी पछिको योजनाका बारे छलफल थालेको छ । मंगलबार पहिलो चरणमा नगरपालिकाभित्रका वडाध्यक्ष र कर्मचारी बीच सम्भावित योजना र कार्यक्रमका बारे छलफल गरेको मेयर अशोक ब्याञ्जुले जानकारी दिए ।

चालु आर्थिक वर्षको योजना र आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्ने योजनामा निक्कै भिन्नता आउने भन्दै नगरपालिकाले छलफललाई प्राथमिकता दिएको हो । मेयर ब्याञ्जुले आगामी वर्षको बजेट तथा कार्यक्रम कोरोना महामारी पछि आम नगरबासीले भोगेको समस्या र त्यसबाट पाउने छुटकरामा केन्द्रित हुने बताए ।

उनका अनुसार चालु आर्थिक वर्षमा पनि कतिपय योजनाहरु फेरबदल हुनसक्छन् । यसरी फेरबदल हुने विकास निर्माणका योजनाहरु आगामी वर्षमा दोहोरिए पनि रुपरेखा बलदिलन सक्छ । ‘कोरोना महामारी पछि पर्यटन, कृषि, शिक्षा लगायतका क्षेत्र निकै नराम्रोसँग प्रभावित भएका छन्, मेयर ब्याञ्जुले भने ‘महामारी पछि सञ्चालन गर्ने विकास निर्माणका बजेट तथा कार्यक्रमबारे छलफल सुरु गरेका हौँ ।’

स्थानीय तहहरुको बजेट बनाउने बेला समेत आइसकेको छ । गाउँ बस्तीबाट आउने योजना समेत रुपान्तरित ढंगबाट कसरी ल्याउन सकिन्छ भनेर जनप्रतिनिधिहरुको साय लिएको मेयर ब्याञ्जुले बताए । महामारीपछि ठूलो आर्थिक क्षति ब्यहार्नु पर्ने र त्यसलाई सम्बोधन गर्न सकिने विविध उपायका बारे छलफलको दायरालाई ब्यापक बनाउनुपर्नेमा सहभागिहरुले जोड दिएका छन् । ‘अबको चुनौती निकै ठूलो हुनसक्छ, मेयर ब्याञ्जुले भने ‘हरेक स्थानीय तहले भावी दिनलाई हेरेर नीति, कार्यक्रम र बजेट बनाउन जरुरी छ, नागरिकको दैनिक समस्यालाई पनि नजरअन्दाज गर्न मिल्दैन, समयमै नागरिकलाई पनि सुशुचित गराउन आवश्यक छ ।’

प्रकाशित मिति : २०७७, २३ बैशाख मंगलबार  ६ : १५ बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता