२०८२, २३ असार सोमबार

नगरपालिकाका अस्पताल र स्वास्थ्यचौकीबाट खोप सेवा शुरु

नगरपालिकाका अस्पताल र स्वास्थ्यचौकीबाट खोप सेवा शुरु


भक्तपुर २१ बैशाख विश्वभर महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणबाट रोक्न सरकारले लागू गरेको लकडाउनका कारण बन्द भएको नियमित खोप सेवा भक्तपुरका चारवटै नगरपालिका भित्रका स्वास्थ्य तथा उपस्वास्थ्य चौकीबाट शुरु भएको छ । बालबालिका जन्मेदेखि १५ महिनासम्म लगाइने खोप सेवा लकडाउनले गत चैत ११ गतेदेखि बन्द भए पनि जिल्लाका स्वास्थ्य तथा उपस्वास्थ्य चौकीमा पुनः सञ्चालन भएको हो ।

चाँगुनारायण नगरपालिकाका प्रशासकीय प्रमुख चिरञ्जीवी तिम्सेनाले आफ्नो नगरपालिकाभित्र रहेका सबै वडाका स्वास्थ्य तथा उपस्वास्थ्य चौकीमा खोप सेवा नियमितरूपमा शुरु गरेको जानकारी दिनुभयो । उहाँले खोप लगाउँदा भीडभाड नगरी सुरक्षाका सबै उपाय अवलम्बन गरेर निश्चित दूरी कायम गरेर सेवा सञ्चालन गर्न लगाएको जानकारी दिँदै आगामी असार महिनासम्मलाई पुग्ने सबै प्रकारका औषधिसमेत पठाइसकेको बताउनुभयोे ।

यता सूर्यविनायक नगरपालिकाका प्रशासकीय प्रमुख कमल ज्ञवालीले नगरपालिकाभित्र रहेका सबै स्वास्थ्य तथा उपस्वास्थ्य चौकीबाट सबै सुरक्षा अपनाएर खोप सेवा सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नगरभित्र रहेका १० वटै वडाका स्वास्थ्य तथा उपस्वास्थ्य चौकीमा ज्वरो नाप्न थर्मलगन, सबै स्वास्थ्यकर्मी तथा कर्मचारीका लागि पिपिइ ९सुरक्षा कवच०, मास्क, पञ्जा, असारसम्म पुग्ने औषधि पर्याप्त मात्रामा पठाएका छौँ, खोप सेवा मात्रै होइन स्वास्थ्य चौकीले दिने कुनै पनि सेवा रोकिएको छैन, सबै सञ्चालन गरेका छौँ ।”

सूर्यविनायक नगरपालिका अस्पताल र स्वास्थ्य तथा उपस्वास्थ्य चौकीले नियमितरूपमा दिने खोप, स्वास्थ्य परीक्षणलगायतका अन्य सेवा दिए÷नदिएको नियमित अनुगमन पनि गरिरहेको जानकारी दिँदै उहाँले सङ्कटको बेलामा सेवा नदिएको गुनासो आएमा तत्काल कारवाही गरिने बताउनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले भक्तपुर अस्पताल र जिल्लाको चारवटै नगरपालिकाभित्रका अस्पताल एवं स्वास्थ्य संस्थाबाट नियमित खोप सेवा शुरु भएको जानकारी दिनुभयो । उहाँले केही वडामा रोकिएको दादुरा–रुवेलाको खोप पनि शुरु गर्ने तयारी भइरहेको बताउँदै जिल्लामा वार्षिक ३५ हजार बालबालिकाले खोप सेवा लिने गरेको जानकारी दिनुभयो ।

लामो समयसम्म नियमितरूपमा लगाइने खोप कार्यक्रम रोक्दा भविष्यमा अर्को स्वास्थ्य महामारी आउनसक्ने भन्दै स्वास्थ्य मन्त्रालयले देशभरिका स्थानीय तहमा खोपसेवा सञ्चालन गर्न आग्रह गरेको थियो । मन्त्रालयले खोप सञ्चालनको समयमा कम्तीमा तीनदेखि छ फिट दूरी कायम गर्ने, समयतालिका निर्धारण गरी टोलवासीलाई जानकारी दिने, समय–समयमा साबुनपानीले हात धुने, खोप सेवा लिन आउनेलाई पनि दूरी कायम गर्न लगाउनेजस्ता नियम बनाएको छ । जन्मेदेखि १५ महिनासम्म सरकारले १२ प्रकारको खोप निःशुल्क उपलब्ध गराइरहेको छ । वार्षिकरूपमा देशभरका छ लाख २० हजार बालबालिकाले खोप सेवा लिने गरेको मन्त्रालयको तथ्याङ्क छ । रासस

प्रकाशित मिति : २०७७, २१ बैशाख आईतबार  ११ : ३६ बजे

सिद्धार्थ बैंकका ग्राहकहरुलाई बबरमहल भिलासमा १० प्रतिशतसम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंक र बबर महल भिलासबीच बैंकका ग्राहकहरुलाई

‘सरकारमा कोही छाड्ने र आउने भन्ने कुरा सामान्य राजनीतिक प्रक्रिया हो’

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौंलाले अहिलेको सरकार

५२ लाखभन्दा बढी रकम हिनामिना, ९ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र

जनकपुर । धनुषाको हँसपुर नगरपालिकाका तत्कालीन उपप्रमुख रेणु देवी झा,

अर्थतन्त्रको गतिमा कमी, मोनेटरी नीतिले मात्र सबै सम्भव छैन : गभर्नर पौडेल 

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले मुलुकको

प्रधानमन्त्रीद्वारा स्पेन भ्रमणका उपलब्धिबारे संसद्लाई जानकारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभियामा सम्पन्न संयुक्त