२०८२, ३० असार सोमबार

के प्रधानमन्त्रीले आज सार्वजनिक गरेको कविता २०१९ मा अर्कैले रचेको थियो ?

के प्रधानमन्त्रीले आज सार्वजनिक गरेको कविता २०१९ मा अर्कैले रचेको थियो ?


प्रधानमन्त्री केपी शर्मा ओलीले मे दिवसका दिन रचेको ‘अब आँसु खसाउनु पर्दैन’ शीर्षकको कविता प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको सामाजिक सञ्जालबाट सार्वजनिक भयो। तर शुक्रबार राति एक्कासी प्रधानमन्त्री ओलीको सो कविता अरुबाट नै कपि गरिएको आरोप पनि सामाजिक सञ्जालमा देखियो। भर्खरै धरौटीमा थुनामुक्त भएका भाइरल पूर्व सचिव भीम उपाध्यायले यसलाई भाइरल बनाए। उनी मात्र हैन, फेसबुक र ट्विटरमा अरु थुप्रैले प्रधानमन्त्रीको कविता अरुबाट कपि गरिएको आसयका स्टायटस र ट्विट पोस्ट गरे। के हो त यसको सत्य? हामीले फ्याक्टचेक गरेका छौँ ।

सामाजिक सञ्जालमा फेसबुकमा भीम उपाध्याय लगायत अरुले पनि यो कविता चोरी भएको बारे लेखेका छन् ।

उपाध्यायले पोस्ट डिलिट गरेमा अर्काइभ यहाँ हेर्न सकिन्छ

नाम चलेकै व्यक्तिहरुले पनि यसबारे सामाजिक सञ्जालमा लेखे- अर्काइभ लिङ्क

प्रधानमन्त्री केपी शर्मा ओलीको कविता आफूले पहिले नै रचेको दावी गर्ने आर.पी गौतम आगो हुन्। उनले आइतबार राति नौ बजेतिर ६ महिना पहिले आफूले कविता रचेको भन्दै ‘कपिराइट गर्छु’ भनेर रोमन र देवनागरीमा दुई वटा स्टायटस पनि लेखेका थिए ।

तर हामीले फ्याक्टचेक प्रकाशन गर्ने बेलासम्म यी दुवै स्टायटस हटाइसकिएका छन्। उनले नोभेम्बर ९, २०१९ मा नै आफूले रचेको दावी गरिएको फेसबुक पोस्टमा हामीले राति १० बजेर ५७ मिनेटमा Edit History चेक गरेका थियौँ।

यसरी हेर्ने क्रममा नोभेम्बर ९, २०१९ को पोस्टलाई सोही दिन दुई घण्टा अघिमात्र सम्पादन गरेर प्रधानमन्त्रीको कविता राखेको देखिएको छ। गौतमले यो पोस्ट पनि अहिले सार्वजनिक रुपमा हेर्न नमिल्ने बनाइसकेका छन्।

के हो एडिट पोस्ट र एडिट हिस्ट्री?

फेसबुकको एडिट पोस्टले कुनै व्यक्तिले कुनै स्टायटस एक पटक लेखिसकेपछि पुनः सम्पादन गर्ने सुविधा दिन्छ भने एडिट हिस्ट्रीले त्यो पोस्ट सम्पादन गरिएको छ कि छैन, त्यो देखाउने गर्छ। सम्पादन गरिएको छ भने जति पटक सम्पादन गरिएको छ, त्यति पटक के के सम्पादन भयो, त्यो सबै देखिन्छ।

पोस्ट (वा स्टायटस) सम्पादन गर्न दायाँ छेउमा भएको तीन वटा थोप्लोमा क्लिक गरी Edit Post लेखिएकोमा क्लिक गर्न सकिन्छ। त्यसैगरी सम्पादन गरिएको/नगरिएको थाहा पाउन View Edit History मा क्लिक गरी हेर्न सकिन्छ। सम्बन्धित पोस्ट ज-जसले देख्छन्, उसले Edit history पनि हेर्न मिल्ने बनाइएको हुन्छ ।

माथिको उदाहरणमा तपाईँले एउटा स्टायटस तीन पटक सम्पादन भएको देख्न सक्नुहुन्छ।

फेसबुक आफैले पारदर्शी रुपमा यस्तो सुविधा दिएको हुनाले आर.पी गौतम आगोले प्रधानमन्त्रीको कविता आफूले पहिले रचेको भनी गरिएको दावी झुटो ठहर्छ। किनभने सो पोस्टमा उनले दुई घण्टाअघि मात्र सम्पादन गरेको प्रष्ट देखिन्छ।

स्राेतः nepalfactcheck.org

प्रकाशित मिति : २०७७, २० बैशाख शनिबार  १ : ०४ बजे

बीमा प्राधिकरण अध्यक्ष शरद ओझा निलम्बित, योग्यता छानबिनका लागि समिति गठन

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बनमा

काठमाडौंका क्याम्पस अगाडि नेविसंघको प्रदर्शन

काठमाडौं । कांग्रेस निकट नेपाल विद्यार्थी संघका विद्यार्थीहरुले सोमबार काठमाडौंका

ओली नेतृत्वको सरकारको एक वर्ष: प्रधानमन्त्रीद्वारा नतिजामुखी अभ्यासको सुरुवात भएको दाबी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा गठन भएको

आज मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । सोमबार मन्त्रिपरिषद्को बैठक बस्दैछ । साँझ ६ बजे

स्पेन भ्रमण प्रकरणमा गृहमन्त्रीको निर्देशन : प्रतिनिधिमण्डलबाहेकको सहभागीमाथि छानबिन हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डल