२०८२, २९ पुस मंगलबार

धुलिखेल नगरपालिकाका किसानले पाएनन धानको मुल बीउ

धुलिखेल नगरपालिकाका किसानले पाएनन धानको मुल बीउ


धुलिखेल, १९ बैशाखः धुलिखेल नगरपालिकाका सबै वडाका किसानले धानको मुल बीउ नपाउने भएका छन् । किसानको माग अनुसार बजारमा नपाएपछि नगरपालिकाले किसानलाई उन्नजातको बीउ अनुदानमा दिन सुरु गरेको छ ।

यसअघि नगरपालिकाले किसानलाई खुमल-४ जातको मुल बीउ अनुदानमा दिने बताएको थियो । नगरपालिकाले १२ वटै वडाका किसानसँग मुलबीउका लागि माग आह्वान गरेको थियो । किसानको माग अनुसार बजारमा खरिद गर्न खोज्दा मुलबीउ नभेटिएपछि उन्नजातको बीउ वितरण सुरु गरेको नगरपालिकाका कृषि शाखा संयोजक मन्दिल कृष्ण श्रेष्ठले जानकारी दिए ।

नगरपालिकाले आजबाट उन्नजातका धानको बीउ वितरण सुरु गरेको हो । यो वर्ष नगरपालिकाको वडा नम्बर १२ र २ मा ४०/४० रोपनी क्षेत्रफलका लागि मात्रै खुमल-४ को मुल बीउ वितरण गरिनेछ । नगरपालिकाले वडा नम्बर ५ मा ५ सय ९५ केजी खुमल-१० र २ सय १० केजी खुमल-८ उन्नजातको धानको बीउ वितरण गरेको छ ।

त्यस्तै वडा नम्बर ४ मा ५ सय ७५ केजी खुमल-१० र १ सय ७५ केजी खुमल-८ उन्नजातको बीउ वितरण गरेको हो । अन्य वडाहरुमा पनि क्रमशः उन्नजातको धानको बीउ वितरण गर्ने कृषि शाखा संयोजक श्रेष्ठले बताए ।

प्रकाशित मिति : २०७७, १९ बैशाख शुक्रबार  ६ : ३० बजे

कांग्रेसमा अराजकता होइन, विधान र जिम्मेवारीको शासन चाहिन्छ

नेपाली कांग्रेस आज आन्तरिक तनावको कठिन चरणमा छ। तर यो

कांग्रेस केन्द्रीय समिति बैठक दिउँसो १ बजे बस्ने, विशेष महाधिवेशन विवाद चुलिँदै

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो १ बजेका

कांग्रेस विशेष महाधिवेशनको भविष्य बालुवाटार वार्तामा अड्कियो

काठमाडौं। नेपाली कांग्रेसको जारी विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा

नेपाल राष्ट्र बैंकले २५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्ने

काठमाडौँ। नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको एक वर्षे

देउवालाई किनारामा राखेर महाधिवेशन, एमाले त्यस्तो संस्कारको पार्टी होइन : सूर्य थापा

काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले नेपाली कांग्रेसभित्र