२०८३, १२ कार्तिक बिहीबार

पलाञ्चोक भगवती मन्दिरमा पुर्णिमाको पुजा र जात्रा नगर्न आग्रह

पलाञ्चोक भगवती मन्दिरमा पुर्णिमाको पुजा र जात्रा नगर्न आग्रह


धुलिखेल, १९ बैशाखः काभ्रेको पाँचखाल नगरपालिकाले प्रसिद्ध धार्मिक स्थल पलाञ्चोक भगवती मन्दिरमा यो वर्षको बैशाख पूर्णिमाको दिन पूजा र जात्रा नगर्न आग्रह गरेको छ । नगर कार्यपालिकाको बैठकले कोरोना भाइरसका कारण मुलकमा लकडाउनको अवस्था रहेको र संक्रमण नफैलियोस भन्नका लागि मन्दिरमा पूजा र जात्रा नगर्न आग्रह गरेको हो ।

हरेक वर्ष बैशाख पूर्णिमाको दिन पलाञ्चोक भगवती मन्दिरमा विशेष पुजा र जात्रा लाग्दै आएको छ । तिथी अनुसार यहि बैशाख २५ र २६ गते विशेष पुजा र जात्रा लाग्ने थियो । तर कोरोना भाइरसका कारण नगरपालिकाले पलाञ्चोक भगवती मन्दिर गुठी समिति र गुठी संस्थान धुलिखेललाई पुजा र जात्रा नगर्न आग्रह गरेको हो ।

नगरपालिकाले भक्तजनहरुलाई समेत यो वर्षको बैशाख पूर्णिमाको दिन गरिने विशेष पुजा र जात्रा भर्नका लागि नआदिन अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०७७, १९ बैशाख शुक्रबार  ९ : ११ बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता