२०८२, २९ पुस मंगलबार

भुम्लु स्वास्थ्य चौकीमा औषधिको मुल्यमा विवाद

भुम्लु स्वास्थ्य चौकीमा औषधिको मुल्यमा विवाद


धुलिखेल, १८ बैशाखः काभ्रेको भुम्लु गाउँपालिका वडा नम्बर ८ भुम्लुटारमा रहेको स्वास्थ्य चौकीमा स्थानीयले औषधिको विषयलाई लिएर विवाद सिर्जना गरेका छन् । स्वास्थ्य चौकीले उपचार गर्न आएका बिरामीसँग शुल्क लिएको भन्दै स्थानीयले आरोप लगाएपछि स्वास्थ्य चौकी प्रशासनले भने उपचार खर्च नदिएको दाबी गरेको छ ।

कोरोना भाइरस संक्रमण नफैलियोस भनेर सामाजिक दुरी कायम गर्न सरकारले दिएको निर्देशनको अवज्ञा गर्दै स्थानीयले विरोध स्वरुप स्वास्थ्य चौकीमा धर्ना समेत दिएका छन् । स्वास्थ्य चौकीका कर्मचारीले बिरामीसँग शुल्क लिएको र दुब्र्यहार गरेको बताएका छन् । तर वडाध्यक्ष एवं स्वास्थ्य चौकी ब्यवस्थापन समितिका संयोजक मोतीलाल तामाङले बिरामी र स्वास्थ्यकर्मी बीच औषधिको मुल्यमा विवाद भएको बताए ।

आकस्मिक रुपमा चलाउने औषधि र सरकारले निःशुल्क दिने औषधिको मुल्यमा केहि मत भिन्नता भएको वडाध्यक्ष तामाङले बताए । ‘गाउँमा अत्यावश्क पर्न सक्छ भनेर निःशुल्क बाहेकका अन्य औषधि पनि स्टक राखिएको हुन्छ, त्यहि निःशुल्क दिने औषधि र पैसा तिरेर लिनुपर्ने औषधिको विषयमा विवाद भएको हो, वडाध्यक्ष तामाङले भने ‘सामान्य विवादलाई थप अतिरञ्जित बनाइयो ।’

स्थानीयहरुले बढी शुल्क लिने र दुब्र्यहार गर्ने स्वास्थ्य कर्मीलाई कारबाहीको माग गरेका छन् । स्वास्थ्य चौकी इन्चार्ज सुनिता खरेल र एएनएम गोमा गौतमले आफुहरुबाट कुनै त्यस्तो गल्ती नदोहोरिने बताए ।

प्रकाशित मिति : २०७७, १८ बैशाख बिहीबार  ७ : ५७ बजे

कांग्रेसमा अराजकता होइन, विधान र जिम्मेवारीको शासन चाहिन्छ

नेपाली कांग्रेस आज आन्तरिक तनावको कठिन चरणमा छ। तर यो

कांग्रेस केन्द्रीय समिति बैठक दिउँसो १ बजे बस्ने, विशेष महाधिवेशन विवाद चुलिँदै

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो १ बजेका

कांग्रेस विशेष महाधिवेशनको भविष्य बालुवाटार वार्तामा अड्कियो

काठमाडौं। नेपाली कांग्रेसको जारी विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा

नेपाल राष्ट्र बैंकले २५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्ने

काठमाडौँ। नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको एक वर्षे

देउवालाई किनारामा राखेर महाधिवेशन, एमाले त्यस्तो संस्कारको पार्टी होइन : सूर्य थापा

काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले नेपाली कांग्रेसभित्र