२०८३, २० आश्विन बुधबार

कोलाती भुम्लुमा राहत वितरण

कोलाती भुम्लुमा राहत वितरण


धुलिखेल, १८ बैशाखः काभ्रेको भुम्लु गाउँपालिका वडा नम्बर ६ कोलाती भुम्लुमा राहत वितरण गरिएको छ । बिहिबार पालिकाको सहयोगमा ७० जना र जापानमा रहनुभएका हबलचन्द्र लामाले संकलन गरि प्रदेश सांसद लक्षमण लम्साल मार्फत पठाएको आर्थिक सहयोगले ४४ जनालाई राहत वितरण गरेको स्थानीय युवा सुजन पहरीले जानकारी दिए ।

दुई जना परिवार सदस्य रहेकालाई १५ किलो चामल र त्योभन्दा बढी सदस्य रहेका परिवारलाई ३० किलो चामल दिइएको छ । त्यस्तै दुई जना परिवार सदस्य हुनेलाई दाल १ केजी, चिनी १ केजी, नुन प्याकेट, हातधुने साबुन एउटा र चियापत्ती १०० ग्राम दिइएको बताइएको छ । चामल जस्तै दुईभन्दा बढी परिवार संख्या हुनेलाई ठीक त्यसको डबल लिइएको स्थानीय युवा सुजन पहरीले बताए ।

वडाका अति विपन्न र दैनिक ज्याला गरी गुजरा गर्दै आएका परिवारलाई राहत सामग्री वितरण गरेको वडाध्यक्ष भरत बहादुर शिवभक्तीले बताए ।

प्रकाशित मिति : २०७७, १८ बैशाख बिहीबार  ७ : ०२ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको