२०८३, १२ कार्तिक बिहीबार

काभ्रेबाट भक्तपुर भित्रिने सबैको ज्वरोमापन

काभ्रेबाट भक्तपुर भित्रिने सबैको ज्वरोमापन


भक्तपुर, ८ वैशाख: काभ्रे हुँदै भक्तपुर नाका भएर आउने हरेकको शरीरको तापक्रम मापन र व्यक्तिगत विवरण संकलन कार्य शुरु भएको छ ।

भक्तपुरको जगातीस्थित प्रहरी चौकीसँगै बुधबारबाट नेपाली सेना, नेपाल प्रहरी र स्वास्थ्यकर्मीको टोलीले पैदलयात्री र विभिन्न सवारी साधनमा आउनेहरुको ज्वरो नाप्ने र व्यक्तिगत विवरण लिने कार्य शुरु गरेको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरको प्रमुख स्वास्थ्य अधिकृत कृष्णबहादुर मिजारले जानकारी दिए ।

स्थानीय तहसँगको समन्वयमा ज्वरोमापन गर्ने काम शुरु भएको हो । नेपाली सेना वीरदल गणका गणपति कर्णेल शिव पौडेलले जगाती नाकामा २४सैँ घण्टा ज्वरो नाप्ने र व्यक्तिगत विवरण लिने काम हुने बताए ।

यसैबीच, युवा व्यवसायी समाज भक्तपुर, भक्तपुर इँटा उद्योग व्यवसायी संघ र भक्तपुर ट्रक व्यवसायी संघले संयुक्तरूपमा भक्तपुर नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

इँटा उद्योग व्यवसायी संघका अध्यक्ष नातिभाइ ह्योम्बा, युवा उद्यमी समाजका उपाध्यक्ष नवीन प्रजापति, ट्रक व्यवसायी संघ भक्तपुरका पूर्वअध्यक्ष महेन्द्र खायमलीलगायतले नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई सामग्री हस्तान्तरण गरेका हुन् ।

प्रकाशित मिति : २०७७, १८ बैशाख बिहीबार  १ : ४२ बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता