२०८३, २० आश्विन बुधबार

काभ्रे जिल्लाका एम्बुलेन्सले मानेनन् जीपीएस प्रणाली जडान गर्न

काभ्रे जिल्लाका एम्बुलेन्सले मानेनन् जीपीएस प्रणाली जडान गर्न


धुलिखेल, १८ बैशाखः काभ्रे जिल्लामा सञ्चालन भइरहेका एम्बुलेन्सहरुले ग्लोबल पोजिशनिंग सिस्टम (जीपीएस) प्रणाली जडान गर्न आनाकानी गरेको पाइएको छ । जिल्लामा गठन भएको कमाण्ड पोष्टले जिल्लाका सबै एम्बुलेन्सहरुलाई जीपीएस प्रणाली जडान गर्न आग्रह गरेको थियो । तर अहिलेसम्म ७ वटाले मात्रै जडान गरेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख एवं कमाण्ड पोष्टका सदस्य सचिव डा.नरेन्द्र कुमार झाले जानकारी दिए ।

लकडाउन लम्बिएपछि अन्य सार्वजनिक सवारी साधन नचलेको र यहि मौकामा एम्बुलेन्सले बिरामी बाहेकका यात्रु बोकेपछि जीपीएस प्रणाली जडान गर्न लागिएको हो । तर जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टार झा भने यो कुरा मान्न तयार छैन् । ‘बिरामी बोकिरहेका एम्बुलेन्सलाई सडकमै रोकेर जीपीएस जठान गर्ने कुरा आएनन्, उनले भने ‘कोरोनाका लक्षण बाहेकका पनि बिरामी बोकेर एम्बुलेन्सहरु गुडिरहेका छन् ।’

जीपीएस प्रणाली जडान गरेपछि एम्बुलेन्स कुन समयमा कुन ठाउँमा, कुन गतिमा थियो भन्ने कुरा थाहा पाउन सकिन्छ । कमाण्ड पोष्टले पुनः दोहोर्याएर जिल्लाका एम्बुलेन्सहरुलाई जीपीएस प्रणाली जडान गर्न आह्वान गरेको छ । कमाण्ड पोष्टले जिल्लाका १३ वाटै स्थानीय तहलाई समेत एम्बुलेन्समा जडान गर्ने जीपीएस प्रणालीका बारे अवगत गराइ सकेको छ ।

जिल्लामा ३५ वटा एम्बुलेन्स छन् । सबैभन्दा धेरै बनेपा नगरपालिकाभित्र एम्बुलेन्स सञ्चालनमा छन् ।

प्रकाशित मिति : २०७७, १८ बैशाख बिहीबार  ८ : १३ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको