२०८२, २९ पुस मंगलबार

काभ्रे जिल्लाका एम्बुलेन्सले मानेनन् जीपीएस प्रणाली जडान गर्न

काभ्रे जिल्लाका एम्बुलेन्सले मानेनन् जीपीएस प्रणाली जडान गर्न


धुलिखेल, १८ बैशाखः काभ्रे जिल्लामा सञ्चालन भइरहेका एम्बुलेन्सहरुले ग्लोबल पोजिशनिंग सिस्टम (जीपीएस) प्रणाली जडान गर्न आनाकानी गरेको पाइएको छ । जिल्लामा गठन भएको कमाण्ड पोष्टले जिल्लाका सबै एम्बुलेन्सहरुलाई जीपीएस प्रणाली जडान गर्न आग्रह गरेको थियो । तर अहिलेसम्म ७ वटाले मात्रै जडान गरेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख एवं कमाण्ड पोष्टका सदस्य सचिव डा.नरेन्द्र कुमार झाले जानकारी दिए ।

लकडाउन लम्बिएपछि अन्य सार्वजनिक सवारी साधन नचलेको र यहि मौकामा एम्बुलेन्सले बिरामी बाहेकका यात्रु बोकेपछि जीपीएस प्रणाली जडान गर्न लागिएको हो । तर जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टार झा भने यो कुरा मान्न तयार छैन् । ‘बिरामी बोकिरहेका एम्बुलेन्सलाई सडकमै रोकेर जीपीएस जठान गर्ने कुरा आएनन्, उनले भने ‘कोरोनाका लक्षण बाहेकका पनि बिरामी बोकेर एम्बुलेन्सहरु गुडिरहेका छन् ।’

जीपीएस प्रणाली जडान गरेपछि एम्बुलेन्स कुन समयमा कुन ठाउँमा, कुन गतिमा थियो भन्ने कुरा थाहा पाउन सकिन्छ । कमाण्ड पोष्टले पुनः दोहोर्याएर जिल्लाका एम्बुलेन्सहरुलाई जीपीएस प्रणाली जडान गर्न आह्वान गरेको छ । कमाण्ड पोष्टले जिल्लाका १३ वाटै स्थानीय तहलाई समेत एम्बुलेन्समा जडान गर्ने जीपीएस प्रणालीका बारे अवगत गराइ सकेको छ ।

जिल्लामा ३५ वटा एम्बुलेन्स छन् । सबैभन्दा धेरै बनेपा नगरपालिकाभित्र एम्बुलेन्स सञ्चालनमा छन् ।

प्रकाशित मिति : २०७७, १८ बैशाख बिहीबार  ८ : १३ बजे

कांग्रेसमा अराजकता होइन, विधान र जिम्मेवारीको शासन चाहिन्छ

नेपाली कांग्रेस आज आन्तरिक तनावको कठिन चरणमा छ। तर यो

कांग्रेस केन्द्रीय समिति बैठक दिउँसो १ बजे बस्ने, विशेष महाधिवेशन विवाद चुलिँदै

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो १ बजेका

कांग्रेस विशेष महाधिवेशनको भविष्य बालुवाटार वार्तामा अड्कियो

काठमाडौं। नेपाली कांग्रेसको जारी विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा

नेपाल राष्ट्र बैंकले २५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्ने

काठमाडौँ। नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको एक वर्षे

देउवालाई किनारामा राखेर महाधिवेशन, एमाले त्यस्तो संस्कारको पार्टी होइन : सूर्य थापा

काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले नेपाली कांग्रेसभित्र