२०८३, ३० भाद्र बुधबार

पूर्व मन्त्री बास्कोटाले भने ‘अब मेरो ध्यान पाँचखाल तिर’

पूर्व मन्त्री बास्कोटाले भने ‘अब मेरो ध्यान पाँचखाल तिर’


धुलिखेल, १७ बैशाखः काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजना अन्तिम चरणमा पुगेसँगै पूर्वमन्त्री गोकुल बास्कोटाले अब आफ्नो ध्यान पाँचखाल तिर पुगेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत पूर्व मन्त्री बास्कोटाले बनेपा, धुलिखेल र पनौतीका नागरिकलाई बधाई दिदैँ पाँचखालको विद्यमान खानेपानी समस्या समाधानमा लाग्ने बताएका हुन् ।

काभ्रे उपत्यका एकिकृत खानेपानीको मुहान देखि मुख्य ट्याङ्कीसम्म पानी परिक्षण कार्य सफल भएको बताइएको छ । यस खानेपानी आयोजनाको काम लकडाउनको अवधीमा पनि सूचारु गर्ने निर्णय भएको छ । पाँचखालका नागरिक पनि खानेपानीको चरम अभाव झेलिरहेका छन् । मन्त्री बास्कोटाले पाँचखालमा बृहत खानेपानी आयोजना सञ्चालनका लागि ध्यान केन्द्रित गर्ने बताएका हुन् ।

नेपाल सरकार, एसियाली विकास बैंक र बनेपा–धुलिखेल–पनौती नगरपालिकाहरूको संयुक्त लगानीमा काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजना सन् २०१३ को जुन १२ देखि सञ्चालनमा आएको थियो । यो आयोजनाबाट तीनवटै नगरपालिकाका झण्डै ७५ हजार नागरिक लाभान्वित हुनेछन् ।

प्रकाशित मिति : २०७७, १७ बैशाख बुधबार  ९ : ४० बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक