२०८३, ९ कार्तिक सोमबार

मण्डनदेउपुरको क्वारेन्टाइनमा ४ जना

मण्डनदेउपुरको क्वारेन्टाइनमा ४ जना


धुलिखेल, १६ बैशाखः काभ्रेको मण्डन देउपुर नगरपालिकाले ४ जनालाई क्वारेन्टाइनमा राखेको छ । नगरपालिकाले ९ बर्षीय बालक सहित ४ जनालाई क्वारेन्टाइनमा राखेको हो ।

क्वारेन्टाइन बस्नेमा चैत महिनामा बर्दिबास गएर फर्किएका सवारी चालक सहित एकै परिवारका ३ जना रहेको नगरपालिकाका प्रवक्ता डिल्ली प्रसाद आचार्यले जानकारी दिए । क्वारेन्टाइनमा बस्ने चारै जना वडा नम्बर ४ का हुन् । उनीहरुलाई दुईदिन देखी क्वारेन्टाइनमा राखिएको छ । दुई महिला र दुई पुरुष महादेव प्राथमिक विद्यालयमा स्थापना गरिएको क्वारेन्टाइनमा छन् ।

उनीहरुको स्वास्थ्य परिक्षण गरिएको र अवस्था सामान्य रहेको प्रवक्ता आचार्यले बताए । नगरपालिकाले क्वारेन्टाइनमा बसेका चारै जानको र्यापिड टेस्ट विधि मार्फत कोरोना परिक्षण गर्ने तयारी गरिरहेको छ ।

यसैबीच मंगलबार धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रमा ३ जनाको आरडिटी गरिएको छ । उनीहरुको रिपोर्ट नेगेटिभ धुलिखेल नगरपालिका स्वास्थ्य संयोजक सन्दिप केसीले जानकारी दिए ।

प्रकाशित मिति : २०७७, १६ बैशाख मंगलबार  ६ : १७ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि