२०८३, ९ असार बुधबार

काभ्रे प्रशासनको अर्को आदेश

काभ्रे प्रशासनको अर्को आदेश


धुलिखेल, १६ बैशाखः काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाले फेरी अर्को आदेश जारी गरेका छन् । बैशाख २५ गतेसम्म लकडाउनको समय थपिएपछि प्रमुख जिल्ला अधिकारीले पुनः अर्को आदेश जारी गर्नुभएको हो । मंगलबार (आज) देखि २५ गते राति १२ बजेसम्मका लागि जारी गरिएको आदेशमा कुनै पनि ब्यक्तिलाई घरबाट बाहिर ननिस्कन भनिएको छ ।

आदेशमा प्रजिअ तिमिल्सिनाले स्वास्थ्य संस्था, औषधि पसल, अस्पतालको सेवा, पेट्रोल पम्प, ग्याँस, खानेपानी, दाल, चामल, तेल, नुन, दूध डेरी र तरकारी बाहेकका अन्य ब्यवसाय पूर्ण रुपमा बन्द गरिनेछ । जिल्लाभित्र मालबाहक सवारी साधन, एम्बुलेन्स र पास लिएका बाहेक अन्य सबै किमिसका सवारी साधनको आवागमन सञ्चालन गर्न पाइने छैन ।

यदि आदेशको पालना नगरे संक्रामक रोग ऐन, २०२० को २ को उपदफा २ बमोजिम कारबाही गर्ने प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले बताए । लकडाउन पछि जिल्ला प्रशासन कार्यालयले यसरी पटक पटक आदेश जारी गरे पनि नागरिकहरुले पालना भने गरेका छैनन् ।

प्रकाशित मिति : २०७७, १६ बैशाख मंगलबार  ४ : २० बजे

सिन्धुलीगढी युद्ध पर्यटनः आर्थिक उपार्जनको आधार

सिन्धुली जिल्लाको सदरमुकाम रहेको कमलामाई नगरपालिका प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को सभापतिमा

रास्वपा महाधिवेशनमा ८० विद्युतीय मेसिनबाट मतदान, केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को महाधिवेशनमा

मनसुन कमजोर, तराईमा तातो लहरको जोखिम

काठमाडौं । देशमा मनसुन भित्रिए पनि कमजोर अवस्थामा रहेकाले तत्काल

रास्वपा सभापतिमा रविको उम्मेदवारी, बालेन बने प्रस्तावक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदका लागि