२०८३, १२ कार्तिक बिहीबार

साँगामा कमाण्ड पोष्टका उच्च अधिकारीः केहि समय यातायात रोकियो, फेरी ग्वारग्वार्ती

साँगामा कमाण्ड पोष्टका उच्च अधिकारीः केहि समय यातायात रोकियो, फेरी ग्वारग्वार्ती


धुलिखेल, १५ बैशाखः जिल्लामा गठन भएको कमाण्ड पोष्टका पदाधिकारीले लकडाउनको अवस्था अनुगमन गरेका छन् । सोमबार उनीहरुले धुलिखेलदेखि काभ्रे र भक्तपुरको सिमाना साँगाभञ्ज्याङ् सम्म अनुगमन गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिना संयोजक रहेको कमाण्ड पोष्टका पदाधिकारी साँगासम्म पुगेका थिए । कमाण्ड पोष्टका पदाधिकारी सवार गाडी साँगामा रोकियो । काभ्रेका प्रहरीले प्रमुख एसपी रविकुमार पौडेलले आफु मातहतका कर्मचारीलाई केहि निर्देशन दिए । एक्कैछिन काभ्रे प्रवेश गर्न लागेका केहि सवारी साधन त्यहि रहेका प्रहरीले चेकजाँच गरे ।

गृह मन्त्रालयका पत्र पाएपछि अनुगमन गर्न पुगेको कमाण्ड पोष्टका पदाधिकारी सवार गाडी फर्किने वित्तिकै पछिपछि अन्य गाडीहरु लस्कर देखिन्थ्यो । पछिल्लो समय स्थानीय तहले रातरात आफ्ना नागरिक लैजान थालेदेखिनै लकडाउन काभ्रे जिल्लामा निकै खुकुलो भएको आभाष भएको थियो ।

दुई राष्ट्रिय राजमार्ग पनि काभ्रे जिल्लामै पर्ने भएर होला लकडाउनको कुनै अनुभूति नागरिकले गरेका छैनन । हुन त यो प्रशासनको लागि भन्दा पनि स्वयम आफ्नै लागि भनेर नागरिकले बुझ्नुपर्ने हो । तर नबुझ्नेलाई बुझाउने काम प्रशासनको हो । लकडाउन भएको ३५ औँ दिन बित्दा पनि लकडाउनको पूर्ण पालना भएको एकदिन पनि छैन ।

बिना पासका सवारी साधन ग्वारग्वार्ती कुदिरहेका छन् । त्यो नियन्त्रण गर्न तर्फ प्रशासन लगभग चुकेको देखिन्छ । पसल खोल्ने र बन्द गर्ने समय निर्धाण गरिएको छ । तर नियम पालना नगर्नेलाई अहिलेसम्म कुनै कारबाही भएको छैन । हुन त काभ्रे जिल्लामा अहिलेसम्म कुनै संक्रमित ब्यक्ति भेटिएका छैनन् । नभेटिउन पनि । तर लकडाउनको औचित्य नै नहुने गरी भइरहेका गतिविधिले संक्रमण नभित्रिएला भन्न सकिन्न । कमाण्ड पोष्टले अनुगमन गर्ने र सुरक्षामा खटिएका प्रहरीहरुको आत्मबल बढाउन काम गर्न जरुरी छ ।

प्रकाशित मिति : २०७७, १५ बैशाख सोमबार  ८ : १३ बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता