२०८३, १८ श्रावण मंगलबार

तेमाल गाउँपालिकामा आज देखि घर–घरमै स्वास्थ्य जाँच सुरु

तेमाल गाउँपालिकामा आज देखि घर–घरमै स्वास्थ्य जाँच सुरु


धुलिखेल, १५ बैशाखः काभ्रेको तेमाल गाउँपालिकाले आज देखि सबै वडाका घर–घरमा स्वास्थ्य जाँच सुरु भएको छ । वडाकै स्वास्थ्य कर्मी मार्फत प्रत्येक घरधुरीमा पुगेर स्वास्थ्य जाँच हुने प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुईकेलले जानकारी दिए ।

पछिल्लो केहिदिन यता राजधानी लगायतका सहरबाट गाउँ गएका नागरिकहरुलाई लक्षित गरेर पालिकाले स्वास्थ्य जाँच सुरु गरेको हो । पालिकामा पछिल्लो पटक १७ वटा गाडी मार्फत नागरिक गाउँ भित्रिएका छन् । १ हजार जना भन्दा बढी नागरिक गाउँ भित्रिएको अनुमान गरिएको छ । नयाँ मान्छे गाउँमा भित्रिएसँगै स्थानीयमा चिन्ता समेत बढेको थियो ।

पालिकाको वडा नम्बर १ देखि ९ नम्बरसम्मका सबै घर धुरीमा पुगेर स्वास्थ्यकर्मीले स्वास्थ्य जाँच गर्ने स्वास्थ्य संयोजक शिवहरि पाठकले बताए । उनका अनुसार कोरोना भाइरससँग मिल्दो, जुल्दो लक्षण भेटिए तत्काल आरडिटी समेत गरिनेछ । स्वास्थ्य कर्मीले ज्वरो, रुघाखोकीको अवस्था हेरेर होम क्वारेन्टाइन वा अस्पताल पठाउनेसम्मको निर्णय गर्नेछ । ‘सहरबाट गाउँभित्रिएका नागरिकको स्वास्थ्य अवस्था पत्ता लगाउन घर–घरमै स्वास्थ्य कर्मी परिचालन गरिएको हो, स्वास्थ्य संयोजक पाठकले भने ‘पहिले देखि गाउँमा बस्दै आएकाको स्वास्थ्य अवस्था लगभग हाम्रा स्वास्थ्य कर्मीलाई थाहा छ, नयाँ मानिस आएसँगै गाउँमा बढेको चिन्ता कम गर्न यो स्वास्थ्य जाँच कार्यक्रम आवश्यक थियो ।’

घर–घर पुगेका स्वास्थ्यकर्मीले रोगको प्रकृति अनुसार सरकारले प्रदान गर्ने निःशुल्क औषधि समेत उपलब्ध गराउने छन् । वडामा रहेको स्वास्थ्य चौकीबाट दुई जना स्वास्थ्यकर्मी परिचालन गरिएको स्वास्थ्य संयोजक पाठकले जानकारी दिए । तेमाल गाउँपालिकामा ११ वटा स्वास्थ्य संस्था छ । जसमा ५७ जना कर्मचारी कार्यरत छन् । सात दिनभित्र सबै घरका स्थानीयका स्वास्थ्य जाँच गरिसक्ने योजना पालिकाले बताएको छ । ‘हामीले सातदिनभित्र गाउँपालिकाभित्रका सबै नागरिकको घरमा पुगेर स्वास्थ्य जाँच गरिसक्ने योजना बनाएका छौँ, संयोजक पाठकले भने ‘एक दुई दिन थपघट हुनसक्छ, तर हामी सबैको घरमा पुग्छौँ, सबैको स्वास्थ्य जाँच गछौँ ।’

प्रकाशित मिति : २०७७, १५ बैशाख सोमबार  ९ : ११ बजे

नसर्ने रोगको जोखिम रोक्न सूर्यविनायक र बेथानचोकको सहकार्य – औषधिभन्दा चेतना ठूलो : संयोजक रविन्द्र सापकोटा

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका र काभ्रेको बथानचोक गाउँपालिकाको स्वास्थ्यकर्मीलाई

सेनासँग समन्वयमै बागमती करिडोर विस्तार भएको रास्वपा सांसद पाण्डेको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले

प्रदेश सरकार गठनको बहसबीच युवा संघका नेता लामाको सन्देश : “सरकारभन्दा पार्टी र संगठन बलियो हुनुपर्छ”

काठमाडौं । प्रदेश सरकार गठनलाई लिएर राजनीतिक वृत्तमा बहस चलिरहेका

थपलिया बेहोस नभई भावुक हुँदा गला अवरुद्ध भएको हो : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले) सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश

एमाले नेता थपलिया अस्वस्थ, वीर अस्पतालमा उपचार जारी

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ