धुलिखेल १४ बैशाख : धुलिखेल नगरपालिका वडा नम्बर ११ का एक जना युवालाई आइसोलेसनमा राखेर उपचार गरिएको छ ।
१९ बर्षीय ती युवालाई धुलिखेल अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिए ।
रुघाखोकी र सामान्य ज्वरो आएपछि उनी धुलिखेल अस्पताल आएका थिए । कोरोना भाइरसको आंशकामा उनको स्वाब परिक्षण भइरहेको डाक्टर झाले बताए । ती युवा शनिबार अस्पताल आएका थिए ।
प्रतिक्रिया