२०८३, १७ बैशाख शुक्रबार

काभ्रे जिल्ला बचत संघद्वारा १३ स्थानीय तहलाई आर्थिक सहयोग

काभ्रे जिल्ला बचत संघद्वारा १३ स्थानीय तहलाई आर्थिक सहयोग


धुलिखेल, १४ बैशाखः काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघका सहसचिव सुरेन्द्रप्रसाद पौडेलले काभ्रेको मण्डनदेउपुर नगरपालिकालाई संघको तर्फबाट प्रदान गर्ने नगद ५० हजार सहयोग गरेका हुन् । काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघल काभ्रेका १३ ओटा स्थानीय तहलाई आर्थिक सहयोग प्रदान कार्य अन्तरगत मण्डनदेउपुर नगरपालिकालाई आर्थिक सहयोग गरिएको हो ।

मण्डनदेउपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपानेलाई सहसचिव पौडेलले ५० हजार हस्तान्तरण गरेका हुन् । कोरोनाको कहरमा परेको काभ्रेपलाञ्चोकका सबै स्थानीय तहलाई अत्यावश्यक सेवामा सहयोग पुगोस् भनेर आर्थिक सहयोग प्रदान गरेको पौडेलले बताए ।

केही दिन अघि प्रविधिको प्रयोग गरेर बसेको बचत संघको बैठकले काभ्रेका नगरपालिकाहरुलाई ५०÷५० हजार र गाउँपालिकाहरुलाई ४०÷४० हजारका दरले सहयोग गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार काभ्रेको मण्डनदेउपुर लगायत सबै १३ ओटा स्थानीय तहलाई रकम सहयोग गरिएको सहसचिव पौडेलले जानकारी दिए ।

काभ्रेको पाँचखाल नगरपालिकामा संचालक सदस्य सत्यवती भट्टराइले उपप्रमुख लक्ष्मी दनुवारलाई सहयोग रकम हस्तान्तरण गरिन् । त्यस्तै बनेपा, धुलिखेल, नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकामा अध्यक्ष रामहरि केसीले रकम हस्तान्तरण गरेका हुन् ।

पनौती नगरपालिकामा प्रथम उपाध्यक्ष इन्द्रप्रसाद अधिकारीले पनौतीका मेयर भिम न्यौपानेलाई रकम हस्तान्तरण गरेका हुन् । त्यस्तै भुम्लु गाउँपालिकामा संचालक सदस्य कृष्ण तिमल्सिना र प्रवन्धक गुरुप्रसाद ढकालले गाउँपालिका अध्यक्ष गुमानध्वज कुवरलाई रकम हस्तान्तरण गरेका थिए । चौरी देउरालीको अध्यक्ष दिनानाथ गौतमलाई पनि रकम हस्तान्तरण गरिएको छ ।

काभ्रेको डाँडापारिको खानीखोला गाउँपालिका र महाभारत गाउँपालिकामा संचालक सदस्य उपेन्द्र हुँमागाइले हस्तान्तरण गरेका हुन् । बेथानचोक गाउँपालिकामा पूर्व अध्यक्ष शम्भुलाल श्रेष्ठले हस्तान्तरण गरेका हुन् भने तेमालमा लेखा समितिको संयोजक जेन लामाले रकम हस्तान्तरण गरेका हुन् ।

प्रकाशित मिति : २०७७, १४ बैशाख आईतबार  २ : ४८ बजे

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले