२०८२, ७ चैत्र आईतबार

रोशी गाउँपालिकाका अध्यक्ष डिबी लामाले तोडे आफैले बनाएको नियम

रोशी गाउँपालिकाका अध्यक्ष डिबी लामाले तोडे आफैले बनाएको नियम


धुलिखेल, १४ बैशाखः रोशी गाउँपालिका अध्यक्ष डिबी लामा आफैले बनाएको नियम तोडेका छन् । उनले बैशाख २ गते पालिकाभित्र राहत वितरण गर्न आउनेका लागि उर्दी जारी गरे । तर उनैले पालना गरेनन् ।

पालिका अध्यक्ष लामा आफैले हस्ताक्षर गरेको २ बैशाखको उक्त सूचनाको बुदाँ नम्बर ६ मा प्रष्टसँग लेखिएको छ । ‘राहत वितरण गर्दा फोटोहरु नखिच्ने र ३ जना भन्दा बढी भेला नहुने ।’ तर उनै पालिका अध्यक्ष लामाले उक्त निमयको ठाडो उल्लंघन गर्दै राहत थापेको फोटो आफ्नो फेसबुक पेजमा ‘सियर’ गरेका छन् ।

उनले भने अनुसार ३ जनाभन्दा बढी भेला हुन नपाउने हो । तर प्रारम्भ र आनी छोईङ् डोल्मा फÞाउण्डेशनले वितरण गरेको उक्त राहत थापेको फोटोमा ५ जना छन् । सामग्री हस्तान्तरण गर्दै गरेको फोटोमा पालिका अध्यक्ष डिबी लामा, गायिका आनी छोईङ् डोल्मा, सिंगापुर रेडक्रसकी नेपाल प्रतिनिधि कल्पना क्षेत्री, प्रेस काउन्सिलका सदस्य इश्वरी ओझा र पत्रकार महासंघ काभ्रे शाखाका सल्लाहकार बद्री तिमिल्सिना छन् ।

प्रारम्भ र आनी छोईङ् डोल्मा फाउण्डेशनले रोशी गाउँपालिका अध्यक्ष लामालाई १५ थान पर्सनल प्रोटेक्टिब इक्यूपमेन्ट (पीपीइ), २० थान एन ९५ मास्क र २४ थान फस्र्ट एड किट्स हस्तारण गरेको थियो ।

लकडाउन पछि पैदल हिडेका यात्रुहरुको उद्धार गरेको भन्दै जिल्लाका केहि सञ्चार माध्यममा छाएका पालिका अध्यक्ष डिबी लामाले बेला बेला सस्तो लोकप्रियता कमाउन यस्तै निर्णय गर्ने गरेका छन् । यसअघि सवारी पास समेत नलिएको गाडी मार्फत अध्यक्ष लामाले मान्छे ओसारेका थिए ।

यातायातको साधन नचलेपछि बीपी राजमार्गबाट गाउँ जानेको लस्कर बढेको थियो । रोशी गाउँपालिका अध्यक्षले गरेको यस किसिमका गतिविधि प्रति प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाले नै त्यस्तो गतिविधि रोक्न निर्देशन दिएका थिए ।

हेर्नुस पालिका प्रमुखले निकालेकाे सुचना

प्रकाशित मिति : २०७७, १४ बैशाख आईतबार  १ : ०० बजे

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार

दुबईबाट नेपाल फर्कने तयारीमा रहेका अमृत झा इरानी सेनाको नियन्त्रणमा

विराटनगर । उदयपुरका अमृत झा, जो तेल बोक्ने जहाजमा सिप

बिपी राजमार्ग खुल्यो, सावधानीपूर्वक यात्रा गर्न प्रशासनको अनुरोध

काभ्रेपलाञ्चोक । अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध

सार्वजनिक भए इरानका सर्वोच्च नेता मोजतबा खामेनी, लिखित सन्देशमा के भने ?

काठमाडौँ । इरानका सर्वोच्च नेता मोजतबा खामेनी सार्वजनिक भएका छन्।

देशभर बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको