२०८३, १७ बैशाख शुक्रबार

हवाई उडान जेठ २ सम्म बन्द राख्ने उच्चस्तरीय समन्वय समितिको निर्णय

हवाई उडान जेठ २ सम्म बन्द राख्ने उच्चस्तरीय समन्वय समितिको निर्णय


काठमाडौं, १३ वैशाख: अन्तराष्ट्रिय तथा आन्तरिक हवाई उडान आगामी जेठ २ गतेसम्म बन्द रहने भएको छ । कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बसेको तत्काल हवाई उडान सुचारु गर्न नसकिने निष्कर्ष निकालेको हो ।

‘हवाई उडानहरु अप्रिल ३० सम्म स्थगित थियो । यसलाई १५ सम्म लम्ब्याउने निर्णय भएको छ, प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले बताए ।

सुरूमा प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक देशबासीलाई सम्बोधन गर्दै चैत ९ देखि १८ गतेसम्म नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने घोषणा गरेका थिए । त्यसपछि वैशाख ३ सम्म प्रतिवन्ध लम्बाइएको थियो । त्यसपछि फेरि १८ गतेसम्म प्रतिवन्ध विस्तार भएको थियो ।

सरकारले आन्तरिक उडान मात्रै रोकेको छैन, विदेशी एयरलाइन्सहरुलाई यात्रु लिएर आउन प्रतिवन्ध लगाएको छ । तर, विदेशी एयरलाइन्सहरुले नेपालबाट यात्रु लिएर जान खाली विमान पठाउन सक्छन् ।

त्यसअनुसार विभिन्न एयरलाइन्सहरुले अहिले पनि विदेशीहरु लैजान उद्दारको उडान गरिरहेका छन् । नेपाल एयरलाइन्सले कार्गो उडान पनि गरिरहेको छ । यसबीचमा चीनबाट नेपाल एयरलाइन्स र सिंगापुरबाट श्री एयरलाइन्सले मेडिकल सामग्री ल्यायो ।

सरकारले यात्रु लिएर आउन प्रतिवन्ध लगाएपछि पनि सुरूमा केही एयरलाइन्सले अटेरी गरेर यात्रु ल्याएका थिए । अहिले त्यो क्रम ठप्प छ ।

प्रकाशित मिति : २०७७, १३ बैशाख शनिबार  ४ : ०२ बजे

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले