२०८२, २९ पुस मंगलबार

सिन्धुपाल्चोकमा मृगको मासु सहित दुई जना पक्राउ

सिन्धुपाल्चोकमा मृगको मासु सहित दुई जना पक्राउ


धुलिखेल, १३ बैशाखः इकाला प्रहरी कार्यालय बाह्रबिसेले दुई नाल भरुवा बुन्दुक र मृगको मासु सहित दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर २ लुङगुर्पाका ३९ बर्षीय हिरा बहादुर गुरुङ र ३४ बर्षीय टपिन्द्र बहादुर गुरुङ पक्राउलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

घरेलु हतियार प्रयोग गरी जंगली जनावर मारेको स्थानीयले खबर गरेपछि गाउँ पुगेको प्रहरीले उनीहरु पक्राउ गरेको हो । टपिन्द्रको भान्सा घरमा मृग जस्तै जंगली जनावरको मासु पेरुङ्गो र बाटामा राखिएको अबस्थामा फेला पारेको र उनकै घरको पूजा घरमा २ नाल भरुवा बन्दुक समेत फेला परेको प्रहरीले जनाएको छ । हिराको भान्सा घरमा खाना पकाउने चुलोको माथि निगालोको सिलमा मृग तथा मृग जस्तै जंगली जनावरको मासु सुकाई राखेको अबस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय बाह्रबिसेको हिरासत कक्षमा राखेर थप अनुसन्धान कार्य जारि भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७, १३ बैशाख शनिबार  २ : २४ बजे

कांग्रेसमा अराजकता होइन, विधान र जिम्मेवारीको शासन चाहिन्छ

नेपाली कांग्रेस आज आन्तरिक तनावको कठिन चरणमा छ। तर यो

कांग्रेस केन्द्रीय समिति बैठक दिउँसो १ बजे बस्ने, विशेष महाधिवेशन विवाद चुलिँदै

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार दिउँसो १ बजेका

कांग्रेस विशेष महाधिवेशनको भविष्य बालुवाटार वार्तामा अड्कियो

काठमाडौं। नेपाली कांग्रेसको जारी विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा

नेपाल राष्ट्र बैंकले २५ अर्बको एक वर्षे ऋणपत्र जारी गर्ने

काठमाडौँ। नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको एक वर्षे

देउवालाई किनारामा राखेर महाधिवेशन, एमाले त्यस्तो संस्कारको पार्टी होइन : सूर्य थापा

काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले नेपाली कांग्रेसभित्र