२०८१, ३ चैत्र सोमबार

चीनको दाबी– कोरोनाको भ्याक्सिन बाँदरमा सफल, मानिसमा परीक्षण जारी

चीनको दाबी– कोरोनाको भ्याक्सिन बाँदरमा सफल, मानिसमा परीक्षण जारी


काठमाडौं, १२ वैशाखः चीनमा कोरोना भाइरसको खोप बाँदरमा परीक्षण सफल भएको छ । खोपले बाँदरलाई कोरोना संक्रमणबाट जोगाउन सकिएको भन्दै उत्साहित भएका वैज्ञानिकहरुले त्यो खोप अब मानिसमा पनि परीक्षण सुरु गरिएको जनाएका छन् ।

चीनको बेइजिङस्थित औषधि बनाउने कम्पनी साइनोभ्याक बायोटेकले रातो मुख भएको बाँदरमा खोप परीक्षण सफल भएको जनाएको छ । त्यसैले १६ अप्रिलदेखि मानिसमा पनि त्यसको परीक्षण सुरु गरिएको उल्लेख गरेको छ ।

साइनोभ्याकले दिएको जानकारीअनुसार आठ वटा बाँदरको श्वास नलीमा कोरोना भाइरस राखिएको थियो । त्यसपछि अलग–अलग डोजमा भ्याक्सिन दिइयो । त्यसको तीन हप्तापछि ती बाँदरहरुको पुनः जाँच गरियो । तर एउटा पनि बाँदरमा कोरोना संक्रमण देखिएन ।

साइनोभ्याकका डाइरेक्टर मेंग विनिङले भनेका छन्, ‘सबैभन्दा बढी डोज दिइएको बाँदरमा सात दिनपछि उसको फोक्सो वा शरीरमा कतै पनि कोरोना भाइरसको कुनै लक्षण वा प्रमाण देखिएन । थोरै डोज दिइएका केही बाँदरहरुमा पनि भने हल्का असर देखियो । तर त्यसलाई पनि नियन्त्रणमा लिइयो ।

उनले भनेका छन्, ‘खोप मानिसमा पनि प्रभावकारी हुनेमा हामीलाई पूरा विश्वास छ ।’

डाइरेक्टर मेंगले खोप बनाउन पुरानो तरिका प्रयोग गरेको बताएका छन् । ‘पहिले कोरोना भाइरसबाट बाँदरलाई संक्रमित गरायौं । त्यसपछि त्यही बाँदरको रगतबाट खोप बनायौं । त्यसलाई अर्को बाँदरमा प्रयोग गर्‍यौं,’ मेंगले भने, ‘यो तरिकाबाट बनाइएको खोप महँगो हुँदैन ।’

माउन्ट सिनाइस्थित इकान स्कुल अफ मेडिसिनका भायरोलोजिस्ट फ्लोरियन क्रेमरले आफूलाई खोप बनाउने यो तरिका मन परेको बताएका छन् । यस्तै पिट्सबर्ग युनिभर्सिटीका डगलस रिडले भनेका छन्, ‘यो तरिका राम्रो हो तर थोरै बाँदरहरुमा परीक्षण गरिएकाले यसमा पूरा विश्वास छैन ।’

तर, साइनो भ्याकका वैज्ञानिकहरुका अनुसार बाँदर र मुसाको शरीरबाट लिइएको एन्टीबडीलाई मिसाइएको छ । त्यसपछि सो खोपको परीक्षण गरिएको हो । चीन, इटली, स्वीटजरल्याण्ड, स्पेन र बेलायतका कोरोना भाइरस संक्रमित बिरामीहरुमा पनि परीक्षण गरिएको छ । परीक्षणको क्रममा एन्टीबडीले कोरोना भाइरसको स्ट्रेनलाई निष्कृय बनाएको पाइएको छ ।

साइनो भ्याकले बनाएको खोपको परीक्षण रिपोर्ट १९ अप्रिलमा एक वेबसाइटमा प्रकाशित भएको छ ।

प्रकाशित मिति : २०७७, १२ बैशाख शुक्रबार  १२ : ११ बजे

आज मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्

पत्रकारलाई परिचयपत्र वितरण गर्न प्रेस रजिष्टारको कार्यालय वाग्मतीद्वारा शिविर आयोजना 

रामेछाप । प्रेस रजिष्टार कार्यालय वाग्मती प्रदेशले रामेछापमा पत्रकारहरूको लागि

कला र साहित्यले विश्वव्यापी भाइचारालाई मजबुत बनाउँछ : पूर्वराष्ट्रपति

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कला र साहित्यले हाम्रा भगोलिक

देशको आर्थिक अवस्था सुखद छैन् गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय देशको आर्थिक अवस्था

साँखुमा स्कुल बस दुर्घटना : छ जनाकाे मृत्यु, ४० घाइते 

काठमाडौं: काठमाडौंको शंखरापुर नगरपालिका ५ स्थित साँखु–नगरकोट सडखण्डमा स्कुल बस