धुलिखेल ११ बैशाख पाँचखाल नगरपालिका वडा नं ५ मदनबासका अग्नी पिडित रामबहादुर तामाङलाई नेकपा काभ्रेले आथिक सहयोग गरेका छन् ।
बैशाख ११ गते नेकपा काभ्रेका नेताहरु घरमै पुगेर एक लाख रुपैया सहयोग गरेको पत्रकार सुशिलराज गिरीले बताए । गिरीका अनुसार पुर्ब मन्त्री सुर्य मान दोङ, पूर्व सभासद तेजबहादुर मिजार, बागमती प्रदेश साँसद लक्ष्मन लम्साल, नेकपाका संयोजक रुकु चौलागाई, सचिव एवं मन्डन देउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाईबा नेकपा जिल्ला सदस्य आईते सिहं तामाङ, विद्यार्थी नेता भक्तकुमारी लामा र यूवा नेता रबिन्द्व सिपखानको टोली पुगेका थिए ।
प्रतिक्रिया