२०८३, ९ भाद्र बुधबार

काभ्रेका स्थानीय तह: सहरका नागरिक धमाधाम गाउँ ओसार्दै, गाउँमा चिन्ता थपिदैँ

काभ्रेका स्थानीय तह: सहरका नागरिक धमाधाम गाउँ ओसार्दै, गाउँमा चिन्ता थपिदैँ


धुलिखेल, ११ बैशाखः काभ्रेका अधिकांश स्थानीय तहले आफ्ना नागरिकलाई गाउँ ओसार्न थालेका छन् । लकडाउनपछि राजधानी काठमाण्डौ लगायतका सहरमा अलपत्र परेका आफ्ना नागरिकलाई स्थानीय तहले गाउँ लगिरहेका छन् । यसरी काठमाण्डौमा रहेका नागरिकलाई गाउँ ओसार्न थालेपछि गाउँमा रहेको भने चिन्तित बन्न थालेका छन् ।

जिल्लाका अति विकट डाँडापारी क्षेत्रमा पर्ने महाभारत गाउँपालिका आफ्ना ३ सभन्दा बढी नागरिक गाउँ लगेको छ । त्यस्तै तेमाल गाउँपालिकाले आज आफ्ना नागरिकलाई गाउँ लैजाने निःशुल्क बसको ब्यवस्था गरेको पालिका अध्यक्ष सलाम सिं तामाङले जानकारी दिए । तेमाल गाउँपालिकाले आफ्नो नागरिक गाउँ लैजान ११ वाट बसको ब्यवस्था गरेको छ । तेमालमा नेकपाले पनि गाउँ जान चाहानेलाई हिजो लगेको थियो ।

त्यस्तै रोशी गाउँपालिकाले भोली आफ्ना नागरिकलाई गाउँ लैजाने बताएको छ । नमोबुद्ध नगरपालिकाले हिजो आफ्ना नागरिकलाई गाउँ लगेको छ । पालिकाहरुले निःशुल्क बसको ब्यवस्था गरेका छन् ।

सहरबाट मानिस गाउँ गएपछि चिन्ता भने थपिएको छ । स्वास्थ्य चेकजाँच बिना नै गाउँमा सहरबाट मानिसलाई गाउँ लगेपछि स्थानीयहरु चिन्तित बनेका हुन् । चुनाबी झल्को आउने गरी निःशुल्क बस चडाएर आफ्नो नागरिक गाउँ लगेपछि गाउँका नागरिक असुक्षित महशुस गरिहेका छन् । स्थानीय तहहरुले जसरी गाउँ लैजाने योजना बनाए । त्यसरी गाउँ गएकालाई कसरी निगरानी राख्ने भन्ने कुनै योजना बनाएनन् । सबै कुरा हतार–हतारमा ।

नागरिक गाउँ लैजान कुनै पालिका पहिले भने झै गरी स्थानीय तहका जनप्रतिनिधि ताम्सिएका छन् । आफ्ना नागरिक गाउँ लैजानु राम्रो हो । तर गाउँ गएकालाई कसरी निगरानी राख्ने भन्ने कुनै पनि स्थानीय तहको योजना देखिदैन । न त बसमा चड्दा सवाधानी छ, न त आर्लने बेलामा नै । हुलका हुल मान्छे जम्मा भएर गाडीमा यात्रा गरिरहेका छन् । मानिस बीच मानिसको दूरी कायम गर्न स्वास्थ्य कर्मीहरुले खुल्ला आह्वान गरिहेका छन् । तर कोरोना भाइरससँगको कुनै परवाह नै नगरी स्थानीय सरकार र नागरिक यात्रा गरिरहेका छन् ।

प्रकाशित मिति : २०७७, ११ बैशाख बिहीबार  ६ : ४४ बजे

त्रिशूली आसपासका बस्ती खाली गर्न बाढी पूर्वानुमान महाशाखाको आग्रह

धादिङ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी त्रिशूली नदी हुँदै

रसुवामा बाढीपछि प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका

भोटेकोशी र त्रिशूलीमा बाढीको बहाव बढेपछि ओलीको अपिल, कार्यकर्तालाई उद्धारका लागि तयारी रहन निर्देशन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले रसुवाको भोटेकोशीमा

भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ता : उद्धार र राहतमा जुट्न पार्टी पंक्तिलाई निर्देशन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रसुवाको

रसुवाको बाढीपछि रविको अपिल : उद्धार र जीवनरक्षालाई पहिलो प्राथमिकता दिन आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रसुवामा