२०८२, ९ मंसिर मंगलबार

काभ्रेमा विदेशबाट आएका ४६२ जनामा आरडिटी, सबैको रिपोर्ट नेगेटिभ !

काभ्रेमा विदेशबाट आएका ४६२ जनामा आरडिटी, सबैको रिपोर्ट नेगेटिभ !


धुलिखेल, ११ बैशाखः काभ्रे जिल्लामा हालसम्म विदेशबाट फर्किएका ४६२ जनामा आरडिटी विधि मार्फत कोरोना भाइरसको परिक्षण गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले दिएको जानकारी अनुसार जिल्लाका १३ वाटै स्थानीय तहमा विदेशबाट आएका नागरिकको आरडिटी परिक्षण गरिएको हो ।

आरडिटी परिक्षणमा मण्डनदेउपुर नगरपालिका र बेथानचोक गाउँपालिकाका १/१ जनामा कोरोना भाइरसको पोजेटिभ देखिएको थियो । बाँकीमा भने कुनै समस्या नदेखिएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले बताए ।

काभ्रे जिल्लाका ६० जनाको स्वाब परिक्षण गरिएको छ । स्वाब परिक्षणमा पनि कुनै ब्यक्तिमा कोरोना संक्रमण नदेखिएको डाक्टर झाले बताउनुभयो । धुलिखेल अस्पतालमा हरेक हप्ताको आइतबार र बुधबार स्वाब परिक्षण हुदैँ आएको छ । धुलिखेल अस्पतालमा हालसम्म टेकु अस्पतालबाट पठाइएका सहित ४ सय ७३ जनाको स्वाब परिक्षण गरिएको छ ।

जिल्लामा ब्यक्तिगत सुरक्षा सामग्री ८ सय ४३ थान भित्रिएको छ । त्यस्तै सर्जिकल मास्क ५१ हजार ३ सय ३५ थान र सर्जिकल गाउन ४४ थान रहेको छ । जिल्लामा ४२ सय १ बोतल सेनिटाइजर, एन–९५ मास्क २ सय १८ वटा रहेको छ ।

प्रकाशित मिति : २०७७, ११ बैशाख बिहीबार  ३ : ५२ बजे

सिंहदरबार-प्रधानमन्त्री कार्यालयमा सुरक्षा कडाइ

काठमाडौं । जेन–जीको नाममा उच्छृंखल गतिविधि बढेपछि सिंहदरबार र प्रधानमन्त्री

आगामी निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा ‘सूर्य’, नयाँ दलहरू ‘फर्स्ट कम फर्स्ट’ आधारम

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका

सिंहदरबार प्रवेशमा रोक : जेन–जी समूह प्रधानमन्त्रीसँग भेट्न नसक्दा नाराबाजी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष माग पत्र बुझाउन आज पनि

लुटिएको प्रहरी हतियारसहित तीन जना इलाममा पक्राउ

विराटनगर । काठमाडौं महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट भदौ २४ गते

प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै एमालेद्वारा सर्वोच्चमा रिट दायर

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा