२०८१, ३० फाल्गुन शुक्रबार

कुन राशी भएको व्यक्तिसंग विवाह गर्दा सम्बन्ध राम्रो हुन्छ ?

कुन राशी भएको व्यक्तिसंग विवाह गर्दा सम्बन्ध राम्रो हुन्छ ?


मेष राशि : यस राशिका मानिस बहुत साहसी, स्वतन्त्र तथा भावुक हुने गर्छन् । यसकारण मेष राशि भएकाले वृष राशि भएकासँग विवाह कहिले पनि गर्न हुँदैन । किनकी वृष राशि भएकाहरु सम्बन्धमा त्यति रुचि राख्दैनन् । जबकि मेष राशि वाललाई यस्तो गर्न मन पर्छ ।

वृष राशि : यस राशिका मानिस प्राक्टिकल तथा इमान्दार हुन्छन् । यस राशिको धनु राशि वालासँगको सम्बन्ध राम्रो हुँदैन । धनु राशि वाला मानिस जिम्मेवारीबाट पछि भाग्छन् ।

मिथुन राशि : यो राशि भएका मानिस वफादार तथा मोज मस्ती गर्ने प्रवृत्तिका हुन्छन् । यी राशिभएकाहरु आफ्नो जिन्दगीमा सधै नयाँ गर्ने बारेमा सोच राखिरहेका हुन्छन् । यी राशिका लागि मकर राशि भएका मानिस सही मान्दिैनन् । किनकी मकर राशिका मानिस मिथुन राशि भएकाहरुलाई उत्तेजित गर्न सक्दैनन् । मकर राशिका मानिस समय अनुसार हिड्न मनपराउँछन् । जहाँ मिथुन राशिका मानिस ‘जे पर्छ टर्छ’ भन्ने प्रकृतिका हुन्छन् ।

कर्कट राशि : यस्ता राशि भएका मानिस सहयोगी हुन्छन् । यस्तो राशि भएका कुम्भ राशि भएकाको सम्बन्ध धेरै खराब हुन्छ । कुम्भ राशिका मानिस स्वतन्त्र खालका हुन्छन् । जसका कारणले कर्कट राशि भएका मानिस कुम्भ राशि भएका मानिस आवश्यक हुन्न ।

सिंह राशि : सिंह राशि भएका मानिसमा आत्मविश्वास धेरै हुन्छ । साथै यो राशिका मानिस आकर्षक पनि हुन्छन् । सिंह तथा वृश्चिक राशि भएका मानिसको सम्बन्ध त्यति राम्रो हुँदैन । किनकी वृश्चिक राशि भएकाहरु जिद्दी तथा ईष्र्यालु स्वभावका हुन्छन् । जसलाई सिंह राशिवाला मन पर्दैन ।

कन्या राशि : यस राशिका मानिस आफ्नो मिलनसार स्वभावका लागि जानिन्छन् । कन्या राशि भएकाहरु हेरचाह जीवन जिउन चाहन्छन् । तुला तथा कन्या राशिका व्यक्ति बीचको सम्बन्ध खासै राम्रो मानिदैन ।

तुला राशि : यस राशिका मानिस आफ्नो मिलनसार स्वभावका लागि जानिन्छन् । यी राशिभएकाहरु हेरचाहमुक्त जीवन मन पराउँछन् । तुला राशिका र कन्या राशिका बीचको सम्बन्ध त्यति राम्रो हुन्न किनकी कन्या राशिका मानिस धेरै तनाव लिनेखालका हुन्छन् ।

वृश्चिक राशि : यस राशि भएमा मानिस माथि सजिलैसँग विश्वास गर्न सकिन्छ । यसको विरोधी राशि मेष हो । किनकी मेष राशि भाएका मानिसलाई रिस चाडै आउँछ । वृश्चिक राशि वालाको प्रेम पूर्ण वातावरण भएको माहोल मन पर्छ ।

धनु राशि : यस राशिका मानिसमा उर्जा धेरै हुन्छ । र यी राशि भएका मानिस बहुत सकारात्मक हुन्छ । यसको तथा वृष राशिको जोडी सही मानिदैन । किनकी वृष राशिका मानिस यति धेरै उत्साही हुन्न तथा आफ्नाृ व्यावहारिक जीवनमा व्यस्त रहन्छन् ।

मकर राशि : यो राशि भएका मानिस इमानदर, वफादार तथा महत्वाकांक्षी हुन्छन् । यसका सबैभन्दा खराव जोडी मिथुन राशि भएका मानिस हुन्छन् । किनकि मकर राशि भएकाहरुमा समझदारीताको कमी हुन्छ ।

कुंभ राशि : यस राशिका मानिस आक्रामक स्वभावका हुन्छन् । यस राशिको र कर्कट राशिको जोडी राम्रो मानिदैन किनकी कर्कट राशि भएकाहरु भावुक स्वभावका हुन्छन् ।

मीन राशि : यस राशि भएका मानिस रोमान्टिक हुन्छन र भावनालाई महत्व दिन्छन् । मीन राशि भएका र कन्या राशि भएकाहरुबीचको सम्बन्ध राम्रो हुँदैन किनकी कन्या राशि भएका हरु व्यवहारिक हुन्छन् ।

प्रकाशित मिति : २०७७, ११ बैशाख बिहीबार  २ : १६ बजे

कला र साहित्यले विश्वव्यापी भाइचारालाई मजबुत बनाउँछ : पूर्वराष्ट्रपति

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कला र साहित्यले हाम्रा भगोलिक

देशको आर्थिक अवस्था सुखद छैन् गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय देशको आर्थिक अवस्था

साँखुमा स्कुल बस दुर्घटना : छ जनाकाे मृत्यु, ४० घाइते 

काठमाडौं: काठमाडौंको शंखरापुर नगरपालिका ५ स्थित साँखु–नगरकोट सडखण्डमा स्कुल बस

प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले नेकपा माओवादी

हामीले क्रान्तिका कुरा गर्यौं तर हुलाक सेवालाई परिवर्तन गर्न सकेनौं’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले राजनीतिक