२०८३, १४ आश्विन बिहीबार

कुन राशी भएको व्यक्तिसंग विवाह गर्दा सम्बन्ध राम्रो हुन्छ ?

कुन राशी भएको व्यक्तिसंग विवाह गर्दा सम्बन्ध राम्रो हुन्छ ?


मेष राशि : यस राशिका मानिस बहुत साहसी, स्वतन्त्र तथा भावुक हुने गर्छन् । यसकारण मेष राशि भएकाले वृष राशि भएकासँग विवाह कहिले पनि गर्न हुँदैन । किनकी वृष राशि भएकाहरु सम्बन्धमा त्यति रुचि राख्दैनन् । जबकि मेष राशि वाललाई यस्तो गर्न मन पर्छ ।

वृष राशि : यस राशिका मानिस प्राक्टिकल तथा इमान्दार हुन्छन् । यस राशिको धनु राशि वालासँगको सम्बन्ध राम्रो हुँदैन । धनु राशि वाला मानिस जिम्मेवारीबाट पछि भाग्छन् ।

मिथुन राशि : यो राशि भएका मानिस वफादार तथा मोज मस्ती गर्ने प्रवृत्तिका हुन्छन् । यी राशिभएकाहरु आफ्नो जिन्दगीमा सधै नयाँ गर्ने बारेमा सोच राखिरहेका हुन्छन् । यी राशिका लागि मकर राशि भएका मानिस सही मान्दिैनन् । किनकी मकर राशिका मानिस मिथुन राशि भएकाहरुलाई उत्तेजित गर्न सक्दैनन् । मकर राशिका मानिस समय अनुसार हिड्न मनपराउँछन् । जहाँ मिथुन राशिका मानिस ‘जे पर्छ टर्छ’ भन्ने प्रकृतिका हुन्छन् ।

कर्कट राशि : यस्ता राशि भएका मानिस सहयोगी हुन्छन् । यस्तो राशि भएका कुम्भ राशि भएकाको सम्बन्ध धेरै खराब हुन्छ । कुम्भ राशिका मानिस स्वतन्त्र खालका हुन्छन् । जसका कारणले कर्कट राशि भएका मानिस कुम्भ राशि भएका मानिस आवश्यक हुन्न ।

सिंह राशि : सिंह राशि भएका मानिसमा आत्मविश्वास धेरै हुन्छ । साथै यो राशिका मानिस आकर्षक पनि हुन्छन् । सिंह तथा वृश्चिक राशि भएका मानिसको सम्बन्ध त्यति राम्रो हुँदैन । किनकी वृश्चिक राशि भएकाहरु जिद्दी तथा ईष्र्यालु स्वभावका हुन्छन् । जसलाई सिंह राशिवाला मन पर्दैन ।

कन्या राशि : यस राशिका मानिस आफ्नो मिलनसार स्वभावका लागि जानिन्छन् । कन्या राशि भएकाहरु हेरचाह जीवन जिउन चाहन्छन् । तुला तथा कन्या राशिका व्यक्ति बीचको सम्बन्ध खासै राम्रो मानिदैन ।

तुला राशि : यस राशिका मानिस आफ्नो मिलनसार स्वभावका लागि जानिन्छन् । यी राशिभएकाहरु हेरचाहमुक्त जीवन मन पराउँछन् । तुला राशिका र कन्या राशिका बीचको सम्बन्ध त्यति राम्रो हुन्न किनकी कन्या राशिका मानिस धेरै तनाव लिनेखालका हुन्छन् ।

वृश्चिक राशि : यस राशि भएमा मानिस माथि सजिलैसँग विश्वास गर्न सकिन्छ । यसको विरोधी राशि मेष हो । किनकी मेष राशि भाएका मानिसलाई रिस चाडै आउँछ । वृश्चिक राशि वालाको प्रेम पूर्ण वातावरण भएको माहोल मन पर्छ ।

धनु राशि : यस राशिका मानिसमा उर्जा धेरै हुन्छ । र यी राशि भएका मानिस बहुत सकारात्मक हुन्छ । यसको तथा वृष राशिको जोडी सही मानिदैन । किनकी वृष राशिका मानिस यति धेरै उत्साही हुन्न तथा आफ्नाृ व्यावहारिक जीवनमा व्यस्त रहन्छन् ।

मकर राशि : यो राशि भएका मानिस इमानदर, वफादार तथा महत्वाकांक्षी हुन्छन् । यसका सबैभन्दा खराव जोडी मिथुन राशि भएका मानिस हुन्छन् । किनकि मकर राशि भएकाहरुमा समझदारीताको कमी हुन्छ ।

कुंभ राशि : यस राशिका मानिस आक्रामक स्वभावका हुन्छन् । यस राशिको र कर्कट राशिको जोडी राम्रो मानिदैन किनकी कर्कट राशि भएकाहरु भावुक स्वभावका हुन्छन् ।

मीन राशि : यस राशि भएका मानिस रोमान्टिक हुन्छन र भावनालाई महत्व दिन्छन् । मीन राशि भएका र कन्या राशि भएकाहरुबीचको सम्बन्ध राम्रो हुँदैन किनकी कन्या राशि भएका हरु व्यवहारिक हुन्छन् ।

प्रकाशित मिति : २०७७, ११ बैशाख बिहीबार  २ : १६ बजे

मदन भण्डारी कप भलिबल : पुलिस, खैरा र सभापोखरी सेमिफाइनलमा

रुपन्देही । बुटवलमा जारी दोस्रो मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित

दुई दशकपछि ठूलो पर्दामा नारायण त्रिपाठी : ‘चमेलीको पोई’बाट पुरानै शैलीमा कमब्याक

काठमाडौं । चर्चित हास्य कलाकार नारायण त्रिपाठी करिब दुई दशकपछि

छोराछोरी विदेशिएपछि ज्येष्ठ नागरिक एक्लिए : छत्र प्रधान

नेपालमा करीब ३० लाख ज्येष्ठ नागरिक छन, कानुन कार्यान्वयन फितलो

कांग्रेसको वैधानिकतामा समस्या छैन्, असोज १८ गते खुलामञ्चमा बृहत उद्घाटन हुनेछ : कृष्ण दुलाल

१५ औं महाधिवेशनको तयारीमा कांग्रेस, करिब ८ हजार प्रतिनिधि सहभागी

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८४१ वटा सवारीसाधनका