२०८३, ७ कार्तिक शनिबार

सिन्धुपाल्चोकका ७३ स्वास्थ्य केन्द्रमा सभामुखद्वारा स्वास्थ्य सुरक्षा सामग्री प्रदान

सिन्धुपाल्चोकका ७३ स्वास्थ्य केन्द्रमा सभामुखद्वारा स्वास्थ्य सुरक्षा सामग्री प्रदान


धुलिखेलः ९ बैशाखः सभामुख अग्निप्रसाद सापकोटाको पहलमा सिन्धुपाल्चोक जिल्लाका ७३ वटा स्वास्थ्य संस्थामा स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराईएको छ । स्थानीय तहमा गठन भएका विपद् व्यबस्थापन समिति मार्फत् कोरोना भाइरस (कोभिड–१९) परीक्षण र रोकथामका लागि आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराइएको हो ।

पहिलो चरणमा जिल्लाका आठवटा स्थानीय तहका ५४ वडाका ७३ स्वास्थ्य संस्थाका लागि पिपिई सेट, थर्मल गन, स्यानिटाइजर, एन–९५ मास्क, पंजा र बुटल हस्तान्तण गरिएको हो । स्वास्थ्य सामग्री पाउने स्थानीय तहहरुमा चौतारा साँगाचोकगढी र बाह्रविसे नगरपालिका, भोटेकोशी, त्रिपुरासुन्दरी, लिसंखुपाखर, सुनकोशी, बलेफी र जुुगल गाउँपालिका भित्रका स्वास्थ्य संस्था रहेका छन् ।

सभामुख मार्फत प्राप्त स्वास्थ्य सामग्री नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य माधव सापकोटा ‘सुबोध’ ले नगर तथा गाउँपालिकामै पुगेर हस्तान्तण गरेका हुन् । सभामुख सापकोका सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद हुन् ।

प्रकाशित मिति : २०७७, ९ बैशाख मंगलबार  ४ : ३२ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना