२०८३, १० भाद्र बिहीबार

सिन्धुपाल्चोकका ७३ स्वास्थ्य केन्द्रमा सभामुखद्वारा स्वास्थ्य सुरक्षा सामग्री प्रदान

सिन्धुपाल्चोकका ७३ स्वास्थ्य केन्द्रमा सभामुखद्वारा स्वास्थ्य सुरक्षा सामग्री प्रदान


धुलिखेलः ९ बैशाखः सभामुख अग्निप्रसाद सापकोटाको पहलमा सिन्धुपाल्चोक जिल्लाका ७३ वटा स्वास्थ्य संस्थामा स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराईएको छ । स्थानीय तहमा गठन भएका विपद् व्यबस्थापन समिति मार्फत् कोरोना भाइरस (कोभिड–१९) परीक्षण र रोकथामका लागि आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराइएको हो ।

पहिलो चरणमा जिल्लाका आठवटा स्थानीय तहका ५४ वडाका ७३ स्वास्थ्य संस्थाका लागि पिपिई सेट, थर्मल गन, स्यानिटाइजर, एन–९५ मास्क, पंजा र बुटल हस्तान्तण गरिएको हो । स्वास्थ्य सामग्री पाउने स्थानीय तहहरुमा चौतारा साँगाचोकगढी र बाह्रविसे नगरपालिका, भोटेकोशी, त्रिपुरासुन्दरी, लिसंखुपाखर, सुनकोशी, बलेफी र जुुगल गाउँपालिका भित्रका स्वास्थ्य संस्था रहेका छन् ।

सभामुख मार्फत प्राप्त स्वास्थ्य सामग्री नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य माधव सापकोटा ‘सुबोध’ ले नगर तथा गाउँपालिकामै पुगेर हस्तान्तण गरेका हुन् । सभामुख सापकोका सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद हुन् ।

प्रकाशित मिति : २०७७, ९ बैशाख मंगलबार  ४ : ३२ बजे

अस्पतालमा बेपत्ता आफन्त खोज्दै बाढी प्रभावित, नाम टिपाउँदै आफन्तजन

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि हराएका तथा सम्पर्कविहीन आफन्तको

बाढीका घाइतेको उपचारमा चक्रदेवी अस्पताललाई इन्धन र विद्युत्को संकट

काठमाडौं । रसुवा र नुवाकोटमा आएको बाढीपछि घाइतेको उपचारको मुख्य

पृथ्वी राजमार्गमा यातायात ठप्प, सड्कमा थुप्रिएको लेदो हटाउने काम जारी

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित सडकमार्गमा अझैंपनि

बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापामगरसहितको टोली सक्रिय

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरसहित प्रदेश सरकारका मन्त्री

भोटेकोशी बाढीपीडितका लागि ग्लोबल आइएमई बैंकको ५ करोड सहयोग

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण