२०८२, १३ फाल्गुन बुधबार

धुलिखेलका किसानलाई धानको मुल बीउ ‘खुमल–४’

धुलिखेलका किसानलाई धानको मुल बीउ ‘खुमल–४’


धुलिखेल, ९ बैशाखः धुलिखेल नगरपालिकाले धानको बीउ उत्पादनका लागि किसानलाई मुल बीउमा अनुदान दिने भएको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा खुमल–४ जातको धानको मुल बीउ वितरण गर्न लागेको हो ।

नगरपालिकाको कृषि शाखाले अहिले किसानहरुसँग बीउ उत्पादनका बारे मागको विवरण संकलन गरिरहेको छ । नगरपालिकाको वडा नम्बर ५ बाहेक अन्य वडाका किसानहरुले पहिलो चरणमा मागको विवरण पठाइसकेको कृषि शाखा प्रमुख मन्दिल कृष्ण श्रेष्ठले बताए ।

नगरपालिकाको वडा नम्बर १, २ र ४ नम्बर वडामा हालसम्म १५०/१५० केजी माग भएको छ । त्यस्तै वडा नम्बर ८, ९ र १२ नम्बरबाट २००/२०० केजी माग भएको शाखा प्रमुख श्रेष्ठले बताए । त्यसैगरी वडा नम्बर १० र ११ बाट ३००/३०० केजी मुल बीउ माग भइआएको छ । वडा नम्बर ६ र ७ बाट १ हजार केजिको माग आएको छ भने वडा नम्बर ३ बाट १ सय केजीको माग भएको कृषि शाखा प्रमुख श्रेष्ठले जानकारी दिए ।

अर्को वर्ष बीउको समस्या नहोस् भन्नका लागि किसानलाई मुल बीउ वितरण गर्न लागिएको नगरपालिकाले जनाएको छ । गतबर्ष खुमल–४ मुल बीउको प्रतिकेजी ११० रुपैयाँ थियो । यो वर्षको बजार भाउ अनुसार ५० प्रतिशत अनुदान दिइन कृषि शाखा प्रमुख श्रेष्ठले बताए । ‘जति बजार भाउ छ, त्यसैमा ५० प्रतिशत छुट दिने हो, कृषि शाखा प्रमुख श्रेष्ठले भने ‘आगामी बर्ष नगरभित्र धानको बीउ समस्या नहोस भन्नका लागि यो बर्ष मुल बीउ दिन लागेका हौँ, यो बीउको लागि हो दैनिक उपभोग गर्नको लागि होइन भन्ने कुरा पनि किसानले बुझ्न जरुरी छ ।’

प्रकाशित मिति : २०७७, ९ बैशाख मंगलबार  १ : ३० बजे

हरिहरपुरगढीका वडाहरुमा एमालेप्रति देखियो उत्साह

सिन्धुली । नेकपा एमाले हरिहरपुरगढी गाउँपालिका ६ मा एमालेको निर्वाचन

निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने

काठमाडौं । सरकारले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन का क्रममा खटिने

ओलीलाई “सिङ्गो गाउँ” उपहार, बारसुदीका ४०० मतदाता एमाले प्रवेश

गौरीगञ्ज । केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एमाले

नेताहरूनैं मतदान अधिकृत !

सिन्धुली । सिन्धुली क्षेत्र नंं २ को निर्वाचन कार्यालय खटाएको

आजको विदेशी विनिमयदर सार्वजनिक

काठमाडौं,। नेपाल राष्ट्र बैंक ले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर