२०८३, ७ कार्तिक शनिबार

धुलिखेलका किसानलाई धानको मुल बीउ ‘खुमल–४’

धुलिखेलका किसानलाई धानको मुल बीउ ‘खुमल–४’


धुलिखेल, ९ बैशाखः धुलिखेल नगरपालिकाले धानको बीउ उत्पादनका लागि किसानलाई मुल बीउमा अनुदान दिने भएको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा खुमल–४ जातको धानको मुल बीउ वितरण गर्न लागेको हो ।

नगरपालिकाको कृषि शाखाले अहिले किसानहरुसँग बीउ उत्पादनका बारे मागको विवरण संकलन गरिरहेको छ । नगरपालिकाको वडा नम्बर ५ बाहेक अन्य वडाका किसानहरुले पहिलो चरणमा मागको विवरण पठाइसकेको कृषि शाखा प्रमुख मन्दिल कृष्ण श्रेष्ठले बताए ।

नगरपालिकाको वडा नम्बर १, २ र ४ नम्बर वडामा हालसम्म १५०/१५० केजी माग भएको छ । त्यस्तै वडा नम्बर ८, ९ र १२ नम्बरबाट २००/२०० केजी माग भएको शाखा प्रमुख श्रेष्ठले बताए । त्यसैगरी वडा नम्बर १० र ११ बाट ३००/३०० केजी मुल बीउ माग भइआएको छ । वडा नम्बर ६ र ७ बाट १ हजार केजिको माग आएको छ भने वडा नम्बर ३ बाट १ सय केजीको माग भएको कृषि शाखा प्रमुख श्रेष्ठले जानकारी दिए ।

अर्को वर्ष बीउको समस्या नहोस् भन्नका लागि किसानलाई मुल बीउ वितरण गर्न लागिएको नगरपालिकाले जनाएको छ । गतबर्ष खुमल–४ मुल बीउको प्रतिकेजी ११० रुपैयाँ थियो । यो वर्षको बजार भाउ अनुसार ५० प्रतिशत अनुदान दिइन कृषि शाखा प्रमुख श्रेष्ठले बताए । ‘जति बजार भाउ छ, त्यसैमा ५० प्रतिशत छुट दिने हो, कृषि शाखा प्रमुख श्रेष्ठले भने ‘आगामी बर्ष नगरभित्र धानको बीउ समस्या नहोस भन्नका लागि यो बर्ष मुल बीउ दिन लागेका हौँ, यो बीउको लागि हो दैनिक उपभोग गर्नको लागि होइन भन्ने कुरा पनि किसानले बुझ्न जरुरी छ ।’

प्रकाशित मिति : २०७७, ९ बैशाख मंगलबार  १ : ३० बजे

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय