२०८३, १३ कार्तिक शुक्रबार

पाँचखालमा आगलागीबाट एक घर जलेर पूर्ण क्षति

पाँचखालमा आगलागीबाट एक घर जलेर पूर्ण क्षति


धुलिखेल, ९ बैशाखः काभ्रे पाँचखाल नगरपालिका को ५ नं.वडा मा सोमबार दिउँसो भएको आगलागीमा एक घर जलेर पूर्ण क्षति भएको छ । पाँचखाल नगरपालिका वडा नं. ५ मदनबासका राम बहादुर तामाङ को घरमा आगलागी भएको हो । आगलागीबाट अन्न, लत्ताकपडा, फर्निचर लगाएतका सम्पूर्ण सामान जलेर नष्ट भएको जानकारी स्थानीय जनप्रतिनिधि तोप प्रसाद सापकोटाले दिए ।

मानवीय क्षति नभएपनि करिब तीन लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । उक्त घरमा तीन जनाको परिवार बस्दै आएका थिए ।

यसैबीच नेपाल रेडक्रस सोसाईटी काभ्रे जिल्ला शाखाले नेपाल उधोग बाणिज्य महासंघ काभ्रेसंग समन्वय गरि पिडीत परिवारलाई राहत उपलब्ध गराएको छ । रेक्रसल घटना स्थलमै पुगि एनएफआरआइ सेट, थप ३ थान कम्मल र १५/२० दिनलाई पुग्नेगरी खाद्यान्न सहितको राहत वितरण गर्न बागमती प्रदेश सांसद लक्ष्मण लम्साल  सहितको रेडक्रस टोली पुगेको  रेडक्रस काभ्रे शाखाका सभापति रघुबर चौ प्रधानले जानकारी दिए ।

प्रकाशित मिति : २०७७, ९ बैशाख मंगलबार  ११ : ५८ बजे

काठमाडौंमा बिहानैदेखि झरी, जनजीवन प्रभावित; भारी वर्षाको चेतावनी

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भएपछि जनजीवन

लागुऔषध कारोबारी नियन्त्रणमा लिन मोरङ प्रहरीको ८ राउण्ड फायर, दुई भारतीय घाइते, तीन पक्राउ

विराटनगर । मोरङको रतुवामाईमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले आठ

पर्यटनमा विश्वास जगाउन मे २०२७ मा विश्व शान्ति पूजा

काठमाडौं । पछिल्लो समय हिमाली क्षेत्रमा भइरहेका दुर्घटना र प्राकृतिक

कालीमाटीमा आज तरकारी र फलफूलको मूल्य कति ? हेर्नुहोस् सूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका

आज र भोलि देशभर वर्षा र हिमपातको सम्भावना, केही स्थानमा अति भारी वर्षाको चेतावनी

काठमाडौं । देशका अधिकांश स्थानमा आज र भोलि मेघगर्जन, चट्याङसहित