२०८३, १८ श्रावण मंगलबार

पाँचखाल नगरपालिका-९ का वडाध्य श्रेष्ठ ‘जसले गराए वडाका सबै नागरिकको ज्वरो जाँच’

पाँचखाल नगरपालिका-९ का वडाध्य श्रेष्ठ ‘जसले गराए वडाका सबै नागरिकको ज्वरो जाँच’


धुलिखेल, ९ बैशाखः काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष किरण श्रेष्ठले आफ्ना वडाका सबै नागरिकको ज्वरो जाँच गराएर एक गतिलो उदाहरण दिएका छन् । वडाकै स्वास्थ्य चौकीका स्वास्थ्य कर्मीलाई लिएर वडाध्यक्ष श्रेष्ठ आफै बडाबासीको घर–घर पुगेका हुन् । स्वास्थ्य कर्मीलाई घर–घर लिएर जानुअघि वडाध्यक्ष श्रेष्ठले महिला स्वास्थ्य स्वयमेविका मार्फत जनसंख्या सकंलन गरेका थिए ।

शनिबारबाट उनी स्वास्थ्य कर्मी लिएर गाउँ पसेका हुन् । वडाको ८ सय ८२ घरधुरीमै पुगेर आफ्नै उपस्थितिमा स्वास्थ्यकर्मीले ज्वरो जाँच गरेको वडाध्यक्ष श्रेष्ठले बताए । अहिले सामान्य ज्वरो आएका बिरामीलाई समेत अस्पतालहरुले उपचार गर्न नमानिरहेका बेला वडाध्यक्ष श्रेष्ठ वडाका स्वास्थ्यकर्मीलाई साथैमा लिएर थर्मल गन सहित ज्वरो जाँच गर्न घर–घर पुगेका हुन् । वडाका १० जना महिला स्वास्थ्य स्वयमसेविका मार्फत संकलन गरिएको तथ्याङ्क अनुसार ५ हजार १ सय ३३ जना जनसंख्या रहेको छ ।

घर–घर पुगेका स्वास्थ्यकर्मीले सामान्य रुघाखोकी र ज्वरोको औषधि समेत वितरण गरेका थिए । ‘अहिले लकडाउनको अवस्था छ, कोरोना भाइरस संक्रमण हुने डरले अन्य रोगका बिरामीहरुलाई समस्या परेको हुनसक्छ भनेर म आफै स्वास्थ्य कर्मीलाई लिएर घर–घर पुगेको हुँ, वडाध्यक्ष श्रेष्ठले भने ‘प्रारम्भिक चरणमा ज्वरो जाँच गरिएको छ, रुघाखोकी र सामान्य ज्वरोको औषधि पनि वितरण गरिएको छ, दिर्घरोगीले खाने नियमित औषधिको विवरण पनि छिट्टै तयार पारेर घर–घरमा औषधि पुर्याउने योजना अघि बढाएको छु ।’

वडाध्यक्ष श्रेष्ठले वडाका सबै नागरिकलाई मास्क समेत विरतण गरेका छन् । केहि ब्यवसायीले दिएको आर्थिक सहयोग र नपुगमा आफैले रकम हालेर मास्क, साबुन र ग्लोब्स वितरण गरेका हुन् । ८ सय ८२ घुरधुरी वटाका सबै परिवारका सदस्यलाई पुग्न मास्क, दुईवटा हात धुने साबुन र दुई जोर ग्लोब्स उपलब्ध गराइएको वडाध्यक्ष श्रेष्ठले बताए ।

वडाध्यक्ष श्रेष्ठले कोरोना भाइरसबाट जोगिन अपनाउनुपर्ने उपाय सहितको सन्देश पत्र समेत सबै वडाबासीको घरमा पुर्याएका छन् । पत्रमा दैनिक छाक टार्न समस्याका लागि खबर गर्ने नम्बर सहित लेखिएको छ । ‘यो महामारीको बेला घर–घर पुगेर स्वास्थ्य जाँच गर्न स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका र वडा सदस्य ज्यूहरुले ठूलो भुमिका खेल्नु भएको छ, वडाध्यक्ष श्रेष्ठले भने ‘संकटका बेलामा हामीले हाम्रो नागरिकलाई आश्वस्त पार्नुपर्छ ।’

प्रकाशित मिति : २०७७, ९ बैशाख मंगलबार  १० : ०६ बजे

नसर्ने रोगको जोखिम रोक्न सूर्यविनायक र बेथानचोकको सहकार्य – औषधिभन्दा चेतना ठूलो : संयोजक रविन्द्र सापकोटा

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका र काभ्रेको बथानचोक गाउँपालिकाको स्वास्थ्यकर्मीलाई

सेनासँग समन्वयमै बागमती करिडोर विस्तार भएको रास्वपा सांसद पाण्डेको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले

प्रदेश सरकार गठनको बहसबीच युवा संघका नेता लामाको सन्देश : “सरकारभन्दा पार्टी र संगठन बलियो हुनुपर्छ”

काठमाडौं । प्रदेश सरकार गठनलाई लिएर राजनीतिक वृत्तमा बहस चलिरहेका

थपलिया बेहोस नभई भावुक हुँदा गला अवरुद्ध भएको हो : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले) सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश

एमाले नेता थपलिया अस्वस्थ, वीर अस्पतालमा उपचार जारी

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ