२०८३, ११ असार शुक्रबार

‘गाँउमा लकडाउन पालना सन्तोषजनक, खाद्यान्नको चिन्ता’: प्रदेश सांसद लम्साल

‘गाँउमा लकडाउन पालना सन्तोषजनक, खाद्यान्नको चिन्ता’: प्रदेश सांसद लम्साल


धुलिखेल, ८ बैशाखः कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि सरकारले लकडाउन गरेपछिको अवस्था बुझ्न बागमती प्रदेश सांसद लक्षमण लम्साल आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित भएका छन् । कम्तिमा हप्ताको चार दिन आफ्नो निर्वाचन क्षेत्र घुमेर नागरिकको सुःख, दुःख बुझ्न लागिपरेका सांसद लम्साल पछिल्लो पटक भुम्लु गाउँपालिका पुगेका थिए ।

भुम्लु गाउँपालिकाको १० वडा मध्ये सापिङ, भुम्लु, चौबास, बाङथली, सल्ले लगायत ८ वडामा स्थलगत अवलोकन गरेका सांसद लम्सालले कोरोना भाइरस नियन्त्रणका लागि स्थानीय तहले गरिरहेका काम र स्वास्थ्य कर्मीको उत्साह उल्लेखनीय रहेको बताए । ‘दरबन्दी अनुसारको सबै स्वास्थ्य संस्थामा कर्मचारी काम गरिरहेकै हुनुहुन्छ, मैले उहाँहरुको अवस्था पनि नजिकबाट बुझे, केहि ठाउँमा औषधि कमी भएपनि धेरै ठाउँमा औषधि पर्याप्त छ, सांसद लम्सालले भने ‘सबैभन्दा महत्वपूर्ण कुरा स्वास्थ्य कर्मीहरु आत्तिनुभएको छैन, उहाँको आत्मबल देखेर म आफै पनि थप हौसिएको छु ।’

सांसद लम्सालले किसान, दैनिक ज्याला मजदुरी गर्ने नागरिकलाई पनि प्रत्यक्ष भेटेका थिए । ‘लकडाउन गाउँघर तिर पालना भएकै मान्नुपर्छ, किन भने यो नेपालमा पहिलो पटक थियो, किसान र दैनिक ज्याला मजदुरी गर्ने ब्यक्ति र परिवारले गुनासो गर्नुभएको छ, लकडाउन लम्ब्यिो भने खानाको समस्या हुन्छ भनेर, यसका लागि हामीले बेलैमा सोच्नु पर्छ सांसद लम्सालले भने ‘किन कि गाउँमा सबै मानिस वर्षभर आफ्नै उत्पादनमा निर्भर हुनुहुन्न् ।’

सांसद लम्सालको निर्वाचन क्षेत्रमा धुलिखेल नगरपालिकाको वडा नम्बर १ देखि ७ सम्म, पाँचखाल नगरपालिकाको १३ वटै वडा, भुम्लु गाउँपालिकाको १० वटै वडा र मण्डनदेउपुर नगरपालिकाको ७ देखि १२ नम्बर सम्मका वडा गरी जम्मा ३६ वटा वडा पर्छन् । ‘सकेसम्म म मेरो निर्वाचन क्षेत्रका सबै वडामा पुग्ने कोशिस गरिरहेको छु, दैनिक जसो निर्वाचन क्षेत्रका दाजुभाइ दिदीबहिनीहरुको अवस्थाका बारे जानकारी लिइरहेको छु, कतै अभाव भयो भने समन्वय गराउने काममा म कहिले पनि पछि पर्दिन सांसद लम्सालले भने ‘यो बेला आम मानव जातिको स्वास्थ्य महत्वपूर्ण कुरा हो, हामीले कोरोना भाइरससँग लडाइमा विजयी प्राप्त गर्न सक्यौ भने अहिले गुमेका कतिपय चिज पुनः प्राप्त गर्न सक्छौँ, तर भाइरससँग लड्न सकेनौँ भने हाम्रा योजनाहरु अधुरै रहन्छन्, त्यसै आत्तिएर होइन संयम भएर हामीसबै जुटौँ ।’

प्रकाशित मिति : २०७७, ८ बैशाख सोमबार  १ : १९ बजे

रास्वपाले पायो तीन नयाँ सहमहामन्त्री

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट हरि ढकाल,

रास्वपा महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट विपिनकुमार आचार्य

फिफाबाट एन्फा निलम्बित, राष्ट्रिय टिमदेखि क्लबसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा रोक

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा (FIFA) ले अखिल नेपाल

रास्वपा महाधिवेशनः बिहान ७ बजेसम्म १८ सय प्रतिनिधिले गरे मतदान

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत राति १२ बजेदेखि

सिन्धुलीगढी युद्ध पर्यटनः आर्थिक उपार्जनको आधार

सिन्धुली जिल्लाको सदरमुकाम रहेको कमलामाई नगरपालिका प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा