२०८३, ९ भाद्र बुधबार

बनेपा बसेका ३० जनाको स्वाब परिक्षण गर्नुपर्दैन ?

बनेपा बसेका ३० जनाको स्वाब परिक्षण गर्नुपर्दैन ?


धुलिखेल, ८ बैशाखः उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्के स्थित मस्जिदमा बसेका १२ जनामा आरडिटी परिक्षण गर्दा नेगेटिभ देखियो । स्थानीयले दबाब दिए । स्वाब परिक्षण गर्दा कोरोना भाइरस पोजेटिभ देखियो ।

हाल बनेपा बस्दै आएका ३० पनि बनेपा नगरपालिकाको स्वास्थ्य शाखाले आरडिटी परिक्षण गरिसकेको छ । रिपोर्ट सबै जनाको नेगेटिभ नै आएको छ । स्वास्थ्य शाखाले उनीहरुको ट्राभल हिस्ट्रि हेर्यौ । उनीहरुको ट्राभल हिस्ट्रि मिल्यो उदयपुरमा जुन ब्यक्तिसँग कोरोना भाइरस पुष्टि भएको थियो । सोहि मस्जिदको कार्यक्रममा सहभागि भएर बनेपा फर्किएका थिए ।

उनीहरु अहिले बनेपा नगरपालिका वडा नम्बर १०, थापागाउँमा होम क्वारेन्टाइनमै रहेको स्वास्थ्य संयोजक सत्यश्वर मकै श्रेष्ठले बताए । तीन जना महिला र २७ जना पुरुषको स्वाब परिक्षण गर्दा आखिर के बिग्रन्र्छ ? जिल्लामा गठन भएको कमाण्ड पोष्टले अहिलेसम्म यस तर्फ कुनै ध्यान दिएको पाइदैँन । यो वडामा दशैँ वर्षअघि देखि ४०/५० जनाको संख्यामा भारतीय मुलका नागरिक बस्दै आएको र ३० जना उदयपुरको मस्जिदमा जारी धार्मिक कार्यक्रममा सहभागि भएर बनेपा नै फर्किएको वडाध्यक्ष चन्द्र बहादुर खड्काले जानकारी दिए । ‘मलाई उदयपुरबाटै खबर आयो उनीहरु पनि उक्त मस्जिदको कार्यक्रममा सहभागि भएर आएका रैछन्, वडाध्यक्ष खड्काले भने ‘त्यसपछि मैले प्रशासनलाई खबर गरे अनि आरडिटी परिक्षण भयो ।’

विश्व स्वास्थ्य संगठनले पनि आरडिटीमा मात्रै भर नपर्न सबै देशलाई आग्रह गरेको छ । उदयपुरमा आरडिटी नेगेटिभ देखिएकाहरुमा पिसिआर गर्दा पोजेटिभ देखियो । आखिर बनेपा बसेकाहरुको पिसिआर गर्न काठमाण्डौ वा हेटौडा पनि लैजानु पर्दैन, धुलिखेलमै हुन्छ । तर उनीहरुको स्वाब किन परिक्षण गरिएन भन्ने कुरा विस्तारै खुल्दै जाने छन् ।

यो समुह माघ महिनामै तिर उक्त मस्जिदको कार्यक्रममा सहभागि भएका थिए । उनीहरु बनेपामा सुन, चाँदीको गरगहना र घर बनाउने काममा सहभागि हुदैँ आएका थिए । उनीहरुलाई प्रहरीले समेत उच्च निगरानीमा राखेको छ । प्रहरीले निगरानी राख्नु भन्दा पनि अस्पतालमा लगेर स्वाब परिक्षण गराउँदा सम्भावित जोखिमबाट समयमै सचेत हुन सकिन्थ्यो ।

तर यस तर्फ अहिलेसम्म सम्बन्धित निकायको ध्यान गएको छैन । वडाध्यक्ष चन्द्र बहादुर खड्काले स्वाब परिक्षणका लागि नगरपालिका र जिल्लाका सरोकावाला निकायलाई आग्रह गरेको बताए । तर आरडिटी रिपोर्ट नेगेटिभ आएकाले स्वाब परिक्षण गर्नुपर्ने आवश्यकता नरहेको जवाफ पाएको वडाध्यक्ष खड्काले बताए । ‘उहाँको स्वाब परिक्षणका लागि पनि मैले आग्रह गरेको छु, अहिले प्रहरीले निगरानी राखेका छन्, वडाध्यक्ष खड्काले भने ‘मैले पनि घरधनीलाई उनीहरुलाई कुनै पनि काममा बाहिर नपठाउन भनेको छु ।’

प्रकाशित मिति : २०७७, ८ बैशाख सोमबार  १० : ४४ बजे

त्रिशूली आसपासका बस्ती खाली गर्न बाढी पूर्वानुमान महाशाखाको आग्रह

धादिङ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी त्रिशूली नदी हुँदै

रसुवामा बाढीपछि प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका

भोटेकोशी र त्रिशूलीमा बाढीको बहाव बढेपछि ओलीको अपिल, कार्यकर्तालाई उद्धारका लागि तयारी रहन निर्देशन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले रसुवाको भोटेकोशीमा

भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ता : उद्धार र राहतमा जुट्न पार्टी पंक्तिलाई निर्देशन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रसुवाको

रसुवाको बाढीपछि रविको अपिल : उद्धार र जीवनरक्षालाई पहिलो प्राथमिकता दिन आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रसुवामा