धुलिखेल ७ बैशाख : काभ्रे जिल्लाका विभिन्न स्थानमा आज ४२ जनामा कोरोना भाइरसको परिक्षण गरिएको छ । आरडिटी विधि मार्फत परिक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले जानकारी दिनुभयो ।
जिल्ला काराकारका ९ जना कैदी बन्दी, पनौती नगरपालिका वडा नम्बर ८ मा २९ जना, नमोबुद्ध नगरपालिकामा ३ जना र बेथानचोक गाउँपालिकामा १ जनाको आरडिटी विधि मार्फत कोरोना भाइरसको परिक्षण गरिएको हो ।
धुलिखेल अस्पतालमा आज १४ जनाको स्वाब परिक्षण भइरहेको छ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका ३ जना, रामेछापका १ जना र धुलिखेल नगरपालिकाका १० जनाको स्वाब परिक्षण भइरहेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्रकुमार झले बताउनु भयो ।
प्रतिक्रिया