२०८२, ७ पुस सोमबार

तेमाल चुखामा बार्षिक १ करोडकाे काक्रो बिक्री

तेमाल चुखामा बार्षिक १ करोडकाे काक्रो बिक्री


धुलिखेल, ७ बैशाखः तेमाल गाउँपालिका वडा नम्बर २ चुखामा काक्रो बिक्रीबाट मात्रै बार्षिक १ करोड रुपैयाँ भित्र्ने गरेको छ । बैशाख र जेठ दुई महिना काक्रोको सिजन हो । चुखाका अधिकांश किसानको बारीमा काक्रो टिप्ने बेला भएको छ ।

एक जना किसानले ५ लाख रुपैयाँसम्मको काक्रो बेच्ने गरेको वडाध्यक्ष तिमाल सिं तामाङले बताउनुभयो । वडाध्यक्ष तामाङका अनुसार किसानहरुले जग्गा भाडामा लिएर समेत काक्रो खेती गरिरहेका छन् । चुखा क्षेत्रमा मात्रै ४ सय किसानले काक्रो खेती गरिरहेका छन् ।

यो वर्ष ८ रोपनी जग्गामा काक्रो लगाएका किसान बिरनन्द तामाङले राम्रो भाउ पाए ५ लाखभन्दा बढी आम्दानी लिने बताए । ‘काक्रोको प्रति केजी ४०/५० रुपैयाँ भाउ पाइयो भने ५ लाख कट्छ बिरनन्दले भने ‘राजमा र चौमासे सिमी ले पनि लगाएको छु ।’

चुखामा जनप्रनितिधि देखि शिक्षकसम्म खेतीमा होमिएका छन् । राम्रो आम्दानी गरिरहेका छन् । आर्थिक अवस्था सुधार हुदैँ गएपछि झैझगडा पनि नहुदाँ रहेछ, वडाध्यक्ष तामाङले भने ।’

चुखाका किसानले काक्रो पछि लगाएको दोस्रो महत्वपूर्ण नगदे बाली हो राजमा । त्यसपछि चौमासे सिमी, गोलभेडा, खुर्सानी, बकुला, साग, बोडी, धनियाँ जस्ता नगदेबालीबाट किसानले आम्दानी गरिरहेका छन् ।

खेतीमा लागि रहेका किसानले पानीको भने समस्या औल्याएका छन् । ‘खेती गर्ने किसानको संख्या बढ्दो छ, त्यहि अनुसार खेतीको गर्ने जग्गाको क्षेत्रफल पनि बडिनै रहेको छ, किसान बिरनन्दले भने ‘पानीको मात्रा बढाउन सकियो भने आम्दानी अझ बढि लिन सकिन्थ्यो ।’

प्रकाशित मिति : २०७७, ७ बैशाख आईतबार  ४ : २९ बजे

मधेस प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामआशीष यादवले आज पदभार

संविधानको दायरामै सेना : जंगीअड्डाको ६ बुँदे स्पष्टिकरण

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र

मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाको विश्वासको मत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सिंगो प्रदेशसभाबाट विश्वासको

एमाले केन्द्रीय कमिटी बैठक : कार्यविभाजनको जिम्मा सचिवालयलाई दिने प्रस्ताव

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनपछि पहिलोपटक केन्द्रीय कमिटी

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभामा विश्वासको