२०८३, ३० श्रावण आईतबार

चीन र दक्षिण कोरियामा घट्यो नयाँ संक्रमितको संख्या

चीन र दक्षिण कोरियामा घट्यो नयाँ संक्रमितको संख्या


काठमाडौं, ७ वैशाखः चीन र दक्षिण कोरियामा आइतबार कोरोना भाइरस ९कोभिड–१९० का नयाँ संक्रमितको संख्यामा उल्लेख्य कमी आएको छ । चीनको नेसनल हेल्थ कमिशनले आइतबार केवल १६ नयाँ संक्रमित देखिएको बताएको छ । यो संख्या मार्च १७ यताकै कम हो । १७ अप्रिलमा चीनमा २७ नयाँ संक्रमित देखिएका थिए ।

आइतबार सार्वजनिक गरिएको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा चीनमा कोरोना भाइरसको कारण कसैको पनि मृत्यु भएको छैन । चीनमा कोरोना भाइरसका समग्र संक्रमितको संख्या ८२ हजार सात सय ३५ पुगेको छ । साथै यो भाइरसबाट मृत्यु हुनेको संख्या पनि चार हजार ६ सय ३२ पुगेको छ ।

त्यस्तै दक्षिण कोरियामा पनि आइतबार संक्रमितको संख्या एक अंकले बढेको छ । दुई महिनामा पहिलोपटक दक्षिण कोरियामा नयाँ संक्रमितको संख्या एक अंकमा झरेको हो । पछिल्लो २४ घण्टामा दक्षिण कोरियामा केवल आठजना नयाँ संक्रमित फेला परेका थिए । साथै, दुईजनाको यो भाइरसको कारण मृत्यु भएको थियो । यससँगै दक्षिण कोरियामा समग्र संक्रमितको संख्या १० हजार ६ सय ६१ पुगेको छ । यसबाट मृत्यु हुनेको संख्या पनि दुई सय ३४ पुगेको छ ।

दक्षिण कोरिया र चीन पछिल्लो समय कोरोना भाइरस नियन्त्रणमा सफल देखिएका मुलुक हुन् । चीनमा अहिले केवल एक हजारको संख्यामा कोभिड–१९ का बिरामी निको हुन बाँकी छन् भने दक्षिण कोरियामा यो संख्या दुई हजारको हाराहारीमा छ । यी दुवै मुलुकमा गम्भीर बिरामीको संख्या पनि एक सयभन्दा कम छ ।

स्रोतः बीबीसी

प्रकाशित मिति : २०७७, ७ बैशाख आईतबार  १ : ४९ बजे

एमालेको रूपान्तरण बहसमा ओलीको कडा असन्तुष्टि, ‘हुल्याहाहरूको हुलदङ्गा’ भन्दै चेतावनी

इलाम । नेकपा एमालेभित्र नेतृत्व र संगठन पुनर्गठनको बहस चर्किरहेका

इन्डोनेसियामा ७.७ को शक्तिशाली भूकम्प, पाँच जनाको मृत्यु

काठमाडौं । इन्डोनेसियाको पूर्वी क्षेत्रमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन

बेलायतमा डढेलोको भयावह अवस्था, आगो निभाउन गोर्खा सैनिक परिचालन लन्डन

कांग्रेसमा फेरि रडाकोः देउवा समूहले गगन-विश्वप्रकाशको ‘विशेष महाधिवेशन’लाई भन्यो दुर्घटनाको सुरुवात

काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्रको पछिल्लो विवाद तत्काल

८०औँ स्वतन्त्रता दिवसमा मोदीको ७६ मिनेटको सम्बोधनः ‘दिमागी नक्सल’देखि विकसित भारतसम्म

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको ८०औँ स्वतन्त्रता दिवसका