२०८२, १० पुस बिहीबार

बनेपामा ३० जना मुस्लिम समुदायमा आरडिटी परीक्षण, रिपोर्ट नेगेटिभ

बनेपामा ३० जना मुस्लिम समुदायमा आरडिटी परीक्षण, रिपोर्ट नेगेटिभ


धुलिखेल, ६ बैशाखः बनेपा नगरपालिकामा बस्दै आएको ३० जना मुस्मिल समुदायमा आरडिटी विधि मार्फत कोरोना भाइरस परीक्षण गरिएको छ । तीन जना महिला सहित २७ जना पुरुषको आज परिक्षण गरिएको हो । परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाका स्वास्थ्य संयोजक सत्यश्वर मकै श्रेष्ठले जानकारी दिए ।

उनीहरु पनि हिजो उदयपुरमा कोरोना पोजेटिभ भेटिएका समूहसँग नेपालमा धार्मिक कार्यक्रममा सहभागि हुन भारतबाट आएका थिए । उनीहरु माघको पहिलो सात तिर नै बनेपा आइपुगेको बताइएको छ । उनीहरु अहिले बनेपा नगरपालिका वडा नम्बर १०, थापागाउँ, होम क्वारेन्टाइनमै रहेका स्वास्थ्य संयोजक श्रेष्ठले बताउनुभयो ।

उनीहरु सुन, चाँदीको गरगहना र घर बनाउने काममा सहभागि हुदैँ आएका थिए । उनीहरुलाई प्रहरीले समेत उच्च निगरानीमा राखेको छ । बनेपा नगरपालिका अन्य थप ४ को पनि आडिटी विधि मार्फत कोरोना भाइरस परीक्षण गरेको छ । उनीहरुको पनि रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य संयोजक श्रेष्ठले बताउनुभयो ।

प्रकाशित मिति : २०७७, ६ बैशाख शनिबार  ४ : ५५ बजे

विश्वप्रकाश शर्माद्वारा आगामी निर्वाचन नलड्ने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचन नलड्ने

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

दलका कार्यालयको क्षति संकलन गर्दै सरकार, कांग्रेसबाट सुरु

काठमाडौं । सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक संवाद समितिले जेनजी आन्दोलनका

एमाले पार्टी कार्यालय पुगे सञ्चारमन्त्री जगदीश खरेलसहित सरकारी टोली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेकपा एमालेको केन्द्रीय

नागरिक सुरक्षा र लोकतन्त्र रक्षाका लागि कोशीमा एमाले सडकमा

विराटनगर। असंवैधानिक र प्रतिशोधपूर्ण सरकारको दमनकारी कदमविरुद्ध नेकपा (एमाले) कोशी