२०८३, २० आश्विन बुधबार

नमोबुद्ध नगरपालिका-७ का वडाध्यक्ष लामा ‘जसले गरे जिल्लामै ऐतिहासिक निर्णय’

नमोबुद्ध नगरपालिका-७ का वडाध्यक्ष लामा ‘जसले गरे जिल्लामै ऐतिहासिक निर्णय’


धुखिलेल, ४ चैतः काभ्रे जिल्लाका स्थानीय तहहरुले सूचनाका लागि सूचना मात्रै निकालिरहेका बेला नमोबुद्ध नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष् धर्मसिं लामाले भने कडा निर्णय लिएका छन् । नमोबुद्ध नगरपालिकाकै मुख्य बजार भुकण्डे क्षेत्रका वडाध्यक्ष लामाले बिहीबार ब्यापारी, उद्योगी र सरोकारवाला निकायलाई भेला गराए जरिवाना तिराउने निर्णय गरेका हुन् ।

सम्भवतः सरकारले जारी गरेको लकडाउनपछि जारिवाना तिराउने समेतको निर्णय गर्ने काभ्रे जिल्लामै उनी पहिलो वडाध्यक्ष बनेका छन् । जिल्लामा १३५ वटा वडा छन् । वडाध्यक्ष लामाले सरोकारवाला पक्षलाई भेला गराए सर्वसम्मत परिवाना तिराउने निर्णय गरेका हुन् ।

मुख्य बजार क्षेत्रमा ब्यापारीहरुले लकडाउन उल्लंघन गरेको चौतर्फी गुनासो बढेपछि उनले भुकण्डे र नौबिसे बजारमा नियम पालना नगर्ने ब्यापारीलाई पहिलो चरणमा ५ हजार रुपैयाँ जरिवाना लिने सहमति गराएका हुन् । सोहि ब्यक्तिले अर्को पटक पनि नियम उल्लंघन गरे १० हजार जरिवाना तिर्न ब्यवसायीहरु समेत सहमत भएको वडाध्यक्ष लामाले बताए । ‘राजधानीबाट पैदय हिडेर जानेक्रम बढेपछि पसल ब्यवसाय खुल्न थाले, वडाध्यक्ष लामाले भने ‘यस आफ्नो क्षेत्रमा कोरोनाको संक्रमण फैलन सक्ने भएकाले यस्तो निर्णय गरिएको हो ।’

त्यस्तै बारम्बार नियम उल्लंघन गरेको पाइए पसल नै सिलबन्दी गर्न समेत ब्यवसायीहरु राजी भएका छन् । वडाध्यक्ष लामाले सबैको राक्षीमा अत्यावश्यक तरकारी र खाद्यान्नका पसल हप्ताको दुईदिन आईतबार र बुधबार बिहान ७ बजे देखी १० बजे सम्ममात्र खोल्ने सहमती गराएका छन् । यसरी जरिवाना बापत संकलन हुने रकम नगरपालिकाको कोरोना विशेष कोषमा जम्मा गरिने वडाध्यक्ष लामाले बताए ।

प्रकाशित मिति : २०७७, ४ बैशाख बिहीबार  ५ : ४९ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको