२०८३, ९ भाद्र बुधबार

काभ्रेमा विदेशबाट आएकाको परिवारमा पनि आरडिटी गर्ने कि !

काभ्रेमा विदेशबाट आएकाको परिवारमा पनि आरडिटी गर्ने कि !


धुलिखेल, ४ बैशाखः सरकारको निर्णय अनुसार चैत १ देखि यता विदेशाबाट आएका नागरिकको र्यापिड डाइग्नेष्टिक टेष्ट मार्फत कोरोना भाइरसको परिक्षण गरिएको छ । काभ्रे जिल्लामा गठन भएको कमाण्ड पोष्टले बुधबार साझँ तयार पारेको तथ्याङक अनुसार भुम्लु गाउँपालिका बाहेक जिल्लाका अन्य सबै स्थानीय तहमा आरडिटी परिक्षण भएको छ ।

तथ्याङक अनुसार २६३ जनाको आरडिटी परिक्षण गरिएको छ । यसमा बेथानचोक गाउँपालिका वडा नम्बर ५ र मण्डनदेउपुर नगरपालिका वडा नम्बर ३ का १÷१ जना युवामा एन्टिबडीको मात्र बढी देखियो । उनीहरुलाई धुलिखेल अस्पतामा ल्याएर स्वाब परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आयो ।

विदेशबाट जिल्ला आएका मध्ये मण्डनदेउपुर नगरपालिकाले ८ जनालाई आफ्नै क्वारेन्टाइनमा राख्यो चिकित्सकको निगरानीमा । तर जिल्लाका अन्य कुनै पनि स्थानीय तहले क्वारेन्टाइनमा राखेनन् । आफ्नै घरमा सुरक्षित बस्न आग्रह गरे । उनीहरु खुलेआम गाउँघरमा हुने भोजभतेरसम्मा समेत हिडेको गुनासो स्थानीय गरेका छन् ।

जिल्लामा फागुन ३० यता २७१ जना विभिन्न देशबाट भित्रिएका छन् । भुम्लु गाउँपालिकामा यो अवधिमा भित्रिएका ८ जनामध्ये २ जनाले काठमाण्डौ आरडिटी परिक्षण गराएका छन् । बाँकी ६ जनाको आज परिक्षण गरिने पालिका स्वास्थ्य शाखा संयोजक सुर्दशन भट्टराईले बताए ।

सरकारले कोरोना भाइरसको संक्रमण समुदायमा प्रवेश गरेको बतायो । तर जिल्लामा भित्रिएहरुको परिवारको अहिलेसम्म आरडिटी परिक्षण गरिएको छैन । फागुन देखि यता ४ सयभन्दा बढी जिल्लाभित्रिएका छन् । नियम मान्नेले त १४ दिन होम क्वारेन्टाइनमै बिताए ।

बाहिराको कोहि पनि मानिसको सम्पर्कमा गएनन । तर बाहिरी सम्पर्कमा रहेकाहरुको बारे जिल्ला तहबाट खास कुनै निर्णय भइरसकेको छैन । स्थानीय स्तरमा भने विदेशबाट आएको परिवारमा पनि आरडिटी गराउनु पर्ने आवाज बरिलायो बन्दै गएको छ ।

प्रकाशित मिति : २०७७, ४ बैशाख बिहीबार  ९ : १० बजे

त्रिशूली आसपासका बस्ती खाली गर्न बाढी पूर्वानुमान महाशाखाको आग्रह

धादिङ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी त्रिशूली नदी हुँदै

रसुवामा बाढीपछि प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका

भोटेकोशी र त्रिशूलीमा बाढीको बहाव बढेपछि ओलीको अपिल, कार्यकर्तालाई उद्धारका लागि तयारी रहन निर्देशन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले रसुवाको भोटेकोशीमा

भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ता : उद्धार र राहतमा जुट्न पार्टी पंक्तिलाई निर्देशन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रसुवाको

रसुवाको बाढीपछि रविको अपिल : उद्धार र जीवनरक्षालाई पहिलो प्राथमिकता दिन आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रसुवामा