२०८२, २५ कार्तिक सोमबार

काभ्रेमा विदेशबाट आएकाको परिवारमा पनि आरडिटी गर्ने कि !

काभ्रेमा विदेशबाट आएकाको परिवारमा पनि आरडिटी गर्ने कि !


धुलिखेल, ४ बैशाखः सरकारको निर्णय अनुसार चैत १ देखि यता विदेशाबाट आएका नागरिकको र्यापिड डाइग्नेष्टिक टेष्ट मार्फत कोरोना भाइरसको परिक्षण गरिएको छ । काभ्रे जिल्लामा गठन भएको कमाण्ड पोष्टले बुधबार साझँ तयार पारेको तथ्याङक अनुसार भुम्लु गाउँपालिका बाहेक जिल्लाका अन्य सबै स्थानीय तहमा आरडिटी परिक्षण भएको छ ।

तथ्याङक अनुसार २६३ जनाको आरडिटी परिक्षण गरिएको छ । यसमा बेथानचोक गाउँपालिका वडा नम्बर ५ र मण्डनदेउपुर नगरपालिका वडा नम्बर ३ का १÷१ जना युवामा एन्टिबडीको मात्र बढी देखियो । उनीहरुलाई धुलिखेल अस्पतामा ल्याएर स्वाब परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आयो ।

विदेशबाट जिल्ला आएका मध्ये मण्डनदेउपुर नगरपालिकाले ८ जनालाई आफ्नै क्वारेन्टाइनमा राख्यो चिकित्सकको निगरानीमा । तर जिल्लाका अन्य कुनै पनि स्थानीय तहले क्वारेन्टाइनमा राखेनन् । आफ्नै घरमा सुरक्षित बस्न आग्रह गरे । उनीहरु खुलेआम गाउँघरमा हुने भोजभतेरसम्मा समेत हिडेको गुनासो स्थानीय गरेका छन् ।

जिल्लामा फागुन ३० यता २७१ जना विभिन्न देशबाट भित्रिएका छन् । भुम्लु गाउँपालिकामा यो अवधिमा भित्रिएका ८ जनामध्ये २ जनाले काठमाण्डौ आरडिटी परिक्षण गराएका छन् । बाँकी ६ जनाको आज परिक्षण गरिने पालिका स्वास्थ्य शाखा संयोजक सुर्दशन भट्टराईले बताए ।

सरकारले कोरोना भाइरसको संक्रमण समुदायमा प्रवेश गरेको बतायो । तर जिल्लामा भित्रिएहरुको परिवारको अहिलेसम्म आरडिटी परिक्षण गरिएको छैन । फागुन देखि यता ४ सयभन्दा बढी जिल्लाभित्रिएका छन् । नियम मान्नेले त १४ दिन होम क्वारेन्टाइनमै बिताए ।

बाहिराको कोहि पनि मानिसको सम्पर्कमा गएनन । तर बाहिरी सम्पर्कमा रहेकाहरुको बारे जिल्ला तहबाट खास कुनै निर्णय भइरसकेको छैन । स्थानीय स्तरमा भने विदेशबाट आएको परिवारमा पनि आरडिटी गराउनु पर्ने आवाज बरिलायो बन्दै गएको छ ।

प्रकाशित मिति : २०७७, ४ बैशाख बिहीबार  ९ : १० बजे

प्रतिनिधिसभा पुनर्स्थापनाको माग : कांग्रेस पनि ओलीको एजेन्डातर्फ

काठमाडौं । प्रतिनिधि सभा विघटन भएको दुई महिनापछि नेपाली कांग्रेसका

गृहमन्त्री-भारतीय राजदूत भेट : दुर्गा प्रसाईंको दिल्ली भ्रमणमा चासो

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि भारतीय राजदूत

जेनजी आन्दोलनबारे ओलीको स्पष्ट सन्देश : ‘युवाको ऊर्जा देश निर्माणतर्फ मोड्नुपर्छ’

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा

एक हजार दरका ४३ करोड नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरका नयाँ

आज विश्व स्वतन्त्रता दिवस

काठमाडौं । आज नोभेम्बर ९ अर्थात विश्व स्वतन्त्रता दिवस ।