धुलिखेल ३ बैशाख : काभ्रेको तेगाल गाउँपालिकामा कोभिड १९ कोरोना भाईरस परिक्षण शुरु गरिएको छ । आज तेमाल १ सस्र्यूखर्क र वडा नं २ बाट परिक्षण शुरु गरिएको हो ।
दुवै वडामा गरी ९ जनाको परिक्षण रिर्पोट नेगेटिभ आएको तेमाल गाउँपालिकाका स्वस्थ्य शाखा प्रमुख शिवहरी पाठकले बताए ।
तेमाल वडा नं २ का वडा अध्यक्ष तिमाल सिं तामाङले दिएको जानकारी अनुसार वडा नं २ मा २१ र १७ वर्षिय महिला र ४०,२० र २१ वर्षिय पुरुषमा परिक्षण गरिएको हो । त्यस्तै वडा नं १ मा ४ जनामा परिक्षण गरिएको थियो ।
प्रतिक्रिया