२०८२, १७ चैत्र बुधबार

कोरानाबाट चार लाख ६७ हजार उपचारपछि घर फर्के, अमेरिकामा एकै दिन २४ सयको मृत्यु

कोरानाबाट चार लाख ६७ हजार उपचारपछि घर फर्के, अमेरिकामा एकै दिन २४ सयको मृत्यु


काठमाडौं ३ बैसाख : कोराना संक्रमणबाट हालसम्म अमेरिकामा २६ हजार बढीले ज्यान गुमाउनु परेको छ । कोरोनाबाट अमेरिकामा अहिलेसम्म २६ हजार ९४५ जनाको मृत्यु भइसकेको छ ।

अमेरिकामा मंगलबार एकै दिन २४ सयभन्दा बढी व्यक्तिको मृत्यु भएपछि यो आंकडा आकाशिएको हो । अमेरिकामा संक्रमितको संख्या पनि ६ लाख १३ हजार नाघेको छ । सबैभन्दा प्रभावित राज्य न्यूयोर्कमा मात्रै १० हजार ८३४ जनाको मृत्यु भएको छ भने त्यहाँ संक्रमितको संख्या दुई लाख नाघेको छ । इपिसेन्टर मानिएको न्यूयोर्कमा मंगलबार मात्र थप ७७८ जनाको ज्यान गएको छ ।

अमेरिकामा पछिल्ला केही दिनयता दैनिकजसो २५ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । मंगलबार मात्रै करिब २७ हजार नयाँ बिरामी थपिएका हुन् । न्यूजर्सीमा २८ सयभन्दा बढी, मिसिगनमा १७ सय ६८, लुजियानामा एक हजार १३ जनाको मृत्यु भएको खबर छ ।

अमेरिकामा ठूलो संख्यामा मृत्यु भएसँगै विश्वभर कोरोनाबाट मर्नेको संख्या एक लाख २६ हजार ५ सय नाघेको छ । संक्रमितको संख्या करिब २० लाख अर्थात् १९ लाख ९७ हजार ६२० पुगेको छ । संक्रमितमध्ये चार लाख ६७ हजार दुई सयभन्दा धेरै उपचारपछि निको भएका छन् ।

यस्तै १३ लाख ९८ हजारको उपचार भइरहेको छ, जसमध्ये ५१ हजारभन्दा धेरैको अवस्था गम्भीर छ । अमेरिकापछि बढी प्रभावित इटालीमा २१ हजार ६७ जनाको मृत्यु भएको छ । मंगलबार एकै दिन इटालीमा ६०२ जनाको मृत्यु भएको हो ।

त्यहाँ संक्रमितको संख्या एक लाख ६२ हजार नाघेको छ । स्पेनमा १८ हजार २५५ जनाको मृत्यु हुँदा संक्रमितको संख्या एक लाख ७४ हजार नाघेको छ । फ्रान्समा १५ हजार ७२९ जनाको मृत्यु हुँदा एक लाख ४३ हजारभन्दा बढी संक्रमित भएका छन् ।

बेलायतमा कोरोनाबाट ज्यान गुमाउने १२ हजार नाघे

बेलायतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार नाघेको छ । पछिल्लो तथ्यांकअनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या १२ हजार १०७ पुगेको हो ।

त्यहाँ संक्रमितको संख्या पनि ९३ हजार ८ सय नाघेको छ । पछिल्लो २४ घण्टामा ७७८ जनाको मृत्यु भएको छ । अघिल्लो दिनका तुलनामा त्यहाँ फेरि मृतक बढेका हुन् । अघिल्लो दिन ७१७ जनाको मृत्यु भएको थियो ।

सबैभन्दा बढी लण्डन शहरमा मानिसको मृत्यु भएको छ । त्यहाँ अहिलेसम्म २ हजार ८६५ जनाको मृत्यु भएको छ भने १८ हजारभन्दा बढी संक्रमित छन् । सामाजिक दूरी कायम गर्ने नीतिले निकै राम्रो परिणाम दिएको भन्दै विज्ञहरुले यसलाई निरन्तरता दिन सुझाएका छन् । नयाँ संक्रमित ५२ सयभन्दा बढी थपिएका छन् ।

प्रकाशित मिति : २०७७, ३ बैशाख बुधबार  ९ : १३ बजे

आजको मौसम: पहाडी र हिमाली क्षेत्रहरूमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशका

सपना प्रधान मल्ल कायम मुकायम प्रधानन्यायाधीश नियुक्त

काठमाडौँ । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले आजदेखि

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका