२०८२, ९ मंसिर मंगलबार

कोरानाबाट चार लाख ६७ हजार उपचारपछि घर फर्के, अमेरिकामा एकै दिन २४ सयको मृत्यु

कोरानाबाट चार लाख ६७ हजार उपचारपछि घर फर्के, अमेरिकामा एकै दिन २४ सयको मृत्यु


काठमाडौं ३ बैसाख : कोराना संक्रमणबाट हालसम्म अमेरिकामा २६ हजार बढीले ज्यान गुमाउनु परेको छ । कोरोनाबाट अमेरिकामा अहिलेसम्म २६ हजार ९४५ जनाको मृत्यु भइसकेको छ ।

अमेरिकामा मंगलबार एकै दिन २४ सयभन्दा बढी व्यक्तिको मृत्यु भएपछि यो आंकडा आकाशिएको हो । अमेरिकामा संक्रमितको संख्या पनि ६ लाख १३ हजार नाघेको छ । सबैभन्दा प्रभावित राज्य न्यूयोर्कमा मात्रै १० हजार ८३४ जनाको मृत्यु भएको छ भने त्यहाँ संक्रमितको संख्या दुई लाख नाघेको छ । इपिसेन्टर मानिएको न्यूयोर्कमा मंगलबार मात्र थप ७७८ जनाको ज्यान गएको छ ।

अमेरिकामा पछिल्ला केही दिनयता दैनिकजसो २५ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । मंगलबार मात्रै करिब २७ हजार नयाँ बिरामी थपिएका हुन् । न्यूजर्सीमा २८ सयभन्दा बढी, मिसिगनमा १७ सय ६८, लुजियानामा एक हजार १३ जनाको मृत्यु भएको खबर छ ।

अमेरिकामा ठूलो संख्यामा मृत्यु भएसँगै विश्वभर कोरोनाबाट मर्नेको संख्या एक लाख २६ हजार ५ सय नाघेको छ । संक्रमितको संख्या करिब २० लाख अर्थात् १९ लाख ९७ हजार ६२० पुगेको छ । संक्रमितमध्ये चार लाख ६७ हजार दुई सयभन्दा धेरै उपचारपछि निको भएका छन् ।

यस्तै १३ लाख ९८ हजारको उपचार भइरहेको छ, जसमध्ये ५१ हजारभन्दा धेरैको अवस्था गम्भीर छ । अमेरिकापछि बढी प्रभावित इटालीमा २१ हजार ६७ जनाको मृत्यु भएको छ । मंगलबार एकै दिन इटालीमा ६०२ जनाको मृत्यु भएको हो ।

त्यहाँ संक्रमितको संख्या एक लाख ६२ हजार नाघेको छ । स्पेनमा १८ हजार २५५ जनाको मृत्यु हुँदा संक्रमितको संख्या एक लाख ७४ हजार नाघेको छ । फ्रान्समा १५ हजार ७२९ जनाको मृत्यु हुँदा एक लाख ४३ हजारभन्दा बढी संक्रमित भएका छन् ।

बेलायतमा कोरोनाबाट ज्यान गुमाउने १२ हजार नाघे

बेलायतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार नाघेको छ । पछिल्लो तथ्यांकअनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या १२ हजार १०७ पुगेको हो ।

त्यहाँ संक्रमितको संख्या पनि ९३ हजार ८ सय नाघेको छ । पछिल्लो २४ घण्टामा ७७८ जनाको मृत्यु भएको छ । अघिल्लो दिनका तुलनामा त्यहाँ फेरि मृतक बढेका हुन् । अघिल्लो दिन ७१७ जनाको मृत्यु भएको थियो ।

सबैभन्दा बढी लण्डन शहरमा मानिसको मृत्यु भएको छ । त्यहाँ अहिलेसम्म २ हजार ८६५ जनाको मृत्यु भएको छ भने १८ हजारभन्दा बढी संक्रमित छन् । सामाजिक दूरी कायम गर्ने नीतिले निकै राम्रो परिणाम दिएको भन्दै विज्ञहरुले यसलाई निरन्तरता दिन सुझाएका छन् । नयाँ संक्रमित ५२ सयभन्दा बढी थपिएका छन् ।

प्रकाशित मिति : २०७७, ३ बैशाख बुधबार  ९ : १३ बजे

सिंहदरबार-प्रधानमन्त्री कार्यालयमा सुरक्षा कडाइ

काठमाडौं । जेन–जीको नाममा उच्छृंखल गतिविधि बढेपछि सिंहदरबार र प्रधानमन्त्री

आगामी निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा ‘सूर्य’, नयाँ दलहरू ‘फर्स्ट कम फर्स्ट’ आधारम

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका

सिंहदरबार प्रवेशमा रोक : जेन–जी समूह प्रधानमन्त्रीसँग भेट्न नसक्दा नाराबाजी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष माग पत्र बुझाउन आज पनि

लुटिएको प्रहरी हतियारसहित तीन जना इलाममा पक्राउ

विराटनगर । काठमाडौं महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट भदौ २४ गते

प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै एमालेद्वारा सर्वोच्चमा रिट दायर

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा