२०८३, ९ भाद्र बुधबार

काभ्रेमा र्‍यापिड टेस्ट गर्दा दुइ जनामा भेटियो कोरोना पोजेटिभ

काभ्रेमा र्‍यापिड टेस्ट गर्दा दुइ जनामा भेटियो कोरोना पोजेटिभ


धुलिखेल, २ बैशाख, काभ्रेमा गरिएको र्‍यापिड टेष्टमा दुइ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । बेथानचोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकामा गरिएको र्‍यापिड टेष्टमा कोरोना भाइरसको संक्रमित भेटिएका हुन् । बेथानचोक गाउँपालिका वडा नम्बर ५ का एक २८ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पाइएको बेथानचोक गाउाँपलिकाका स्वास्थ्य शाखा प्रमुख सिताराम तिमल्सीनाले बताए । तिमल्सीनाका अनुसार उनी भारतबाट चैत ९ गते घर फर्किएका थिए ।

त्यस्तै आजै मण्डनदेउपुर नगरपालिका वडा नं ३ नयाँगाउँका २१ वर्षीय एक यूवकलाई पनि कोरोना भाइरसको संक्रमण वडा अध्यक्ष दिलबहादुर तामाङले बताए । उनी दुबैबाट आएका थिए । मण्डनदेपुरमा मंगलबार १७ जनाका र्‍यापिड टेष्ट गरिएकाे स्वास्थ्य शाखा संयाेजक सुशिला कठायतले जानकारी दिइन् ।  दुबै जनालाइ स्वाब परिक्षणका लागि धुलिखेल अस्पताल ल्याएकाे छ । उनीहरूकाे भाेली स्वाब परिक्षण हुनेछ ।

धुलिखेल अस्पतालमा साताकाे दुइ दिन आइतबार र बुधबार काेराेना भाइरसकाे परिक्षण हुदैँ आएको छ ।  जिल्लाका स्थानीय तहरूमा २०७६ साल चैत ३० गते देखि परिक्षण सुरु गरिएको थियो । चैत १ गतेदेखि विदेशबाट फर्किएहरुको परिक्षण भइरहेको छ ।

तर जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले भने पुष्टि गरेको छैन । ल्याबको आधिकारिक रिपोर्ट नआउँदासम्म आफुले पुष्टि गर्न नसक्ने जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले बताए ।

जिल्लामा हालसम्म १८९ जनाकाे र्‍यापिड टेष्ट गरिएकाे छ ।

 

प्रकाशित मिति : २०७७, २ बैशाख मंगलबार  ५ : २४ बजे

त्रिशूली आसपासका बस्ती खाली गर्न बाढी पूर्वानुमान महाशाखाको आग्रह

धादिङ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी त्रिशूली नदी हुँदै

रसुवामा बाढीपछि प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका

भोटेकोशी र त्रिशूलीमा बाढीको बहाव बढेपछि ओलीको अपिल, कार्यकर्तालाई उद्धारका लागि तयारी रहन निर्देशन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले रसुवाको भोटेकोशीमा

भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ता : उद्धार र राहतमा जुट्न पार्टी पंक्तिलाई निर्देशन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रसुवाको

रसुवाको बाढीपछि रविको अपिल : उद्धार र जीवनरक्षालाई पहिलो प्राथमिकता दिन आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रसुवामा