२०८२, २० असार शुक्रबार

काभ्रेमा र्‍यापिड टेस्ट गर्दा दुइ जनामा भेटियो कोरोना पोजेटिभ

काभ्रेमा र्‍यापिड टेस्ट गर्दा दुइ जनामा भेटियो कोरोना पोजेटिभ


धुलिखेल, २ बैशाख, काभ्रेमा गरिएको र्‍यापिड टेष्टमा दुइ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । बेथानचोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकामा गरिएको र्‍यापिड टेष्टमा कोरोना भाइरसको संक्रमित भेटिएका हुन् । बेथानचोक गाउँपालिका वडा नम्बर ५ का एक २८ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पाइएको बेथानचोक गाउाँपलिकाका स्वास्थ्य शाखा प्रमुख सिताराम तिमल्सीनाले बताए । तिमल्सीनाका अनुसार उनी भारतबाट चैत ९ गते घर फर्किएका थिए ।

त्यस्तै आजै मण्डनदेउपुर नगरपालिका वडा नं ३ नयाँगाउँका २१ वर्षीय एक यूवकलाई पनि कोरोना भाइरसको संक्रमण वडा अध्यक्ष दिलबहादुर तामाङले बताए । उनी दुबैबाट आएका थिए । मण्डनदेपुरमा मंगलबार १७ जनाका र्‍यापिड टेष्ट गरिएकाे स्वास्थ्य शाखा संयाेजक सुशिला कठायतले जानकारी दिइन् ।  दुबै जनालाइ स्वाब परिक्षणका लागि धुलिखेल अस्पताल ल्याएकाे छ । उनीहरूकाे भाेली स्वाब परिक्षण हुनेछ ।

धुलिखेल अस्पतालमा साताकाे दुइ दिन आइतबार र बुधबार काेराेना भाइरसकाे परिक्षण हुदैँ आएको छ ।  जिल्लाका स्थानीय तहरूमा २०७६ साल चैत ३० गते देखि परिक्षण सुरु गरिएको थियो । चैत १ गतेदेखि विदेशबाट फर्किएहरुको परिक्षण भइरहेको छ ।

तर जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले भने पुष्टि गरेको छैन । ल्याबको आधिकारिक रिपोर्ट नआउँदासम्म आफुले पुष्टि गर्न नसक्ने जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले बताए ।

जिल्लामा हालसम्म १८९ जनाकाे र्‍यापिड टेष्ट गरिएकाे छ ।

 

प्रकाशित मिति : २०७७, २ बैशाख मंगलबार  ५ : २४ बजे

रामेछापका आधा सरकारी कार्यालय स्वतः प्रकाशित गर्नुपर्ने सूचना पनि प्रकाशित गर्दैनन्

रामेछाप । रामेछाप जिल्लाका झण्डै आधा सरकारी कार्यालयमा सूचनाको हक

तस्विरमा धरहरा वरपरकाे क्षेत्र

काठमाडौं । धरहरा परिसर पुनर्निर्माणपछि थप आकर्षक र व्यवस्थित बनेको

टी २० महिला क्रिकेटमा कास्कीले नवलपुरलाई हरायो

पोखरा । पोखरामा जारी गण्डकी प्रदेश दोस्रो महिला टी२० क्रिकेट

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत शुक्रबार दुईवटा संसदीय समितिको बैठक बस्दैछ

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक शुक्रबार बस्दैछ । बैठक