२०८३, २० आश्विन बुधबार

धुलिखेलका एक पुरुषमा काेराेना भाइरसकाे पहिलो रिपोर्ट नेगेटिभ

धुलिखेलका एक पुरुषमा काेराेना भाइरसकाे पहिलो रिपोर्ट नेगेटिभ


धुलिखेल, २ बैशाखः पेस्पिकोलाको सनसिटी अपार्टमेन्टमा बस्दै आएका धुलिखेल नगरपालिका वडा नम्बर ७ का एक पुरुषको कोरोना भाइरसको र्‍यापिड परिक्षणमा रिपोर्ट नेगेटिभ आएको छ । नगरपालिकाको स्वास्थ्य शाखाले मंगलबार र्‍यापिड परिक्षण गरेको थियो । परिक्षणमा रिपोर्ट नेगेटिभ देखिएको स्वास्थ्य शाखाका संयोजक सन्दिप केसीले जानकारी दिए ।

ती पुरुषलाई स्वाब परिक्षणका लागि धुलिखेल अस्पताल पठाइएको छ । धुलिखेल अस्पतालमा हप्ताको दुई दिन आइतबार र बुधबार काेराेना भाइरसकाे परिक्षण हुदैँ आएको छ । उनको पनि भोली मात्रै परिक्षण हुने बताइएको छ । सनसिटी अपार्टमेन्टमा बस्दै आएका २ जनामा कोरोना भाइरसको पुष्टि भइसकेको छ । सोहि अपाटमेन्टबाट ती पुरुष तिनदिन अघि मात्रै धुलिखेल आइपुगेको वडाध्यक्ष रोमी प्रसाद श्रेष्ठले बताए ।

धुलिखेलका ती ब्यक्ति सनसिटी अमार्टमेन्टको ११ औँ तल्लमा बस्दै आएका थिए । वडाध्यक्ष श्रेष्ठले उनी र उनका घरपरिवारका सबै सदस्यलाई घरभित्रै राखेको बताए । ती पुरुषले धुलिखेल आएर धेरै ब्यक्तिसँग भेटघाट गरेको बताइएको छ । उनीसँग भेटेका स्थानीय समेत त्रसित बनेका छन् ।

प्रकाशित मिति : २०७७, २ बैशाख मंगलबार  २ : ३९ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको