२०८२, ७ पुस सोमबार

काठमाण्डौमा कोरोना पोजेटिभः धुलिखेलमा त्रास

काठमाण्डौमा कोरोना पोजेटिभः धुलिखेलमा त्रास


धुलिखेल, २ बैशाखः पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा एकैपरिवारका तीन सदस्यमा कोरोना भाइरसको पोजेटिभ भेटिएपछि धुलिखेलमा त्रास बढेको छ । धुलिखेल नगरपालिका वडा नम्बर ७ का पनि उनी बस्दै आएका अपार्टमेन्टमा बसेको र तीन दिनअघि धुलिखेलमै आएको बताइएको छ ।

धुलिखेल नगरपालिकाका स्वास्थ्य शाखा संयोजक सन्दिप केसीले ती ब्यक्तिको र्‍यापिड टेष्ट र स्वाब दुवै परिक्षण गरिने बताए । ‘हामी र्‍यापिड टेष्ट र स्वाब दुबै परिक्षण गर्ने तयारी गरिरहेका छौँ, स्वास्थ्य शाखा संयोजक केसीले भने ‘रिपोर्ट हेरेर थप प्रक्रिया अघि बढाउछौँ ।’

धुलिखेलका ती ब्यक्ति सनसिटी अमार्टमेन्टको ११ औँ तल्लमा बस्दै आएका थिए । वडाध्यक्ष रोमी प्रसाद श्रेष्ठले उनी र उनका घरपरिवारका सबै सदस्यलाई घरभित्रै राखेको बताए । ‘अहिले प्रहरीले निगरानी राखेको छ, वडाध्यक्ष श्रेष्ठले भने ‘सबैलाई घरभित्रै बस्न आग्रह गरेका छाैँ ।’ वडाध्यक्ष श्रेष्ठसँग गरिएको कुराकानी अनुसार ती पुरुष ब्यक्ति जिम्मेवार निकायमा बस्ने हुने । उनी धुलिखेल आएपछि पनि घरमा बसेका थिएनन । धेरै मानिससँग जमघट गरेर हिडेका थिए ।

उनले धुलिखेलमा आएर धेरै ब्यक्तिसँग भेटघाट गरेको बताइएको छ । उनीसँग भेटेका स्थानीय समेत त्रसित बनेका छन् । तर स्वास्थ्य शाखा संयोजक केसीले नआत्तिन र रिपोर्ट कुर्न आग्रह गरे ।

प्रकाशित मिति : २०७७, २ बैशाख मंगलबार  ११ : ३८ बजे

मधेस प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामआशीष यादवले आज पदभार

संविधानको दायरामै सेना : जंगीअड्डाको ६ बुँदे स्पष्टिकरण

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र

मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाको विश्वासको मत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सिंगो प्रदेशसभाबाट विश्वासको

एमाले केन्द्रीय कमिटी बैठक : कार्यविभाजनको जिम्मा सचिवालयलाई दिने प्रस्ताव

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनपछि पहिलोपटक केन्द्रीय कमिटी

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभामा विश्वासको