२०८३, ९ भाद्र बुधबार

काठमाण्डौमा कोरोना पोजेटिभः धुलिखेलमा त्रास

काठमाण्डौमा कोरोना पोजेटिभः धुलिखेलमा त्रास


धुलिखेल, २ बैशाखः पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा एकैपरिवारका तीन सदस्यमा कोरोना भाइरसको पोजेटिभ भेटिएपछि धुलिखेलमा त्रास बढेको छ । धुलिखेल नगरपालिका वडा नम्बर ७ का पनि उनी बस्दै आएका अपार्टमेन्टमा बसेको र तीन दिनअघि धुलिखेलमै आएको बताइएको छ ।

धुलिखेल नगरपालिकाका स्वास्थ्य शाखा संयोजक सन्दिप केसीले ती ब्यक्तिको र्‍यापिड टेष्ट र स्वाब दुवै परिक्षण गरिने बताए । ‘हामी र्‍यापिड टेष्ट र स्वाब दुबै परिक्षण गर्ने तयारी गरिरहेका छौँ, स्वास्थ्य शाखा संयोजक केसीले भने ‘रिपोर्ट हेरेर थप प्रक्रिया अघि बढाउछौँ ।’

धुलिखेलका ती ब्यक्ति सनसिटी अमार्टमेन्टको ११ औँ तल्लमा बस्दै आएका थिए । वडाध्यक्ष रोमी प्रसाद श्रेष्ठले उनी र उनका घरपरिवारका सबै सदस्यलाई घरभित्रै राखेको बताए । ‘अहिले प्रहरीले निगरानी राखेको छ, वडाध्यक्ष श्रेष्ठले भने ‘सबैलाई घरभित्रै बस्न आग्रह गरेका छाैँ ।’ वडाध्यक्ष श्रेष्ठसँग गरिएको कुराकानी अनुसार ती पुरुष ब्यक्ति जिम्मेवार निकायमा बस्ने हुने । उनी धुलिखेल आएपछि पनि घरमा बसेका थिएनन । धेरै मानिससँग जमघट गरेर हिडेका थिए ।

उनले धुलिखेलमा आएर धेरै ब्यक्तिसँग भेटघाट गरेको बताइएको छ । उनीसँग भेटेका स्थानीय समेत त्रसित बनेका छन् । तर स्वास्थ्य शाखा संयोजक केसीले नआत्तिन र रिपोर्ट कुर्न आग्रह गरे ।

प्रकाशित मिति : २०७७, २ बैशाख मंगलबार  ११ : ३८ बजे

त्रिशूली आसपासका बस्ती खाली गर्न बाढी पूर्वानुमान महाशाखाको आग्रह

धादिङ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी त्रिशूली नदी हुँदै

रसुवामा बाढीपछि प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका

भोटेकोशी र त्रिशूलीमा बाढीको बहाव बढेपछि ओलीको अपिल, कार्यकर्तालाई उद्धारका लागि तयारी रहन निर्देशन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले रसुवाको भोटेकोशीमा

भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ता : उद्धार र राहतमा जुट्न पार्टी पंक्तिलाई निर्देशन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रसुवाको

रसुवाको बाढीपछि रविको अपिल : उद्धार र जीवनरक्षालाई पहिलो प्राथमिकता दिन आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रसुवामा