काठमाडाैं १ वैशाख : कैलालीको लम्की चुहामा थप एजना संक्रमण भेटिएको छ । ६५ वर्षीया बृद्धामा कोरोना भाइरस कोभिड १९ को संक्रमण भेटिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा परिक्षण गर्दा पोजेटिभ देखिएको लम्कीचुहा अस्पतालका प्रमुख डाक्टर प्रकाश तिमिल्सिनाले बताए ।
वीरगञ्ज नाकामा चिया पसल गर्ने उनी लकडाउनका कारण समस्यामा परेपछि १७ चैतमा लम्की आएकी थिइन् ।
‘मजदुरहरु समस्यामा परेको थाहा पाएपछि त्यहाँको प्रशासनले समन्वय गरेर यहाा पठाएको हो’ कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी बताए । उनीहरूलाई स्थानीय जनप्रतिनिधिले लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखेको थियो ।
त्यहाँ बसेकाहरुको र्यापिड डायग्नोस्टिक टेष्ट किटबाट परीक्षण गरिएको थियो । अनलाईन खबरबाट
प्रतिक्रिया